पहिलोपटक चीनद्वारा युक्रेनलाई मानवीयता सामग्री सहयोग

काठमाडौँ- चीनले रसिया-युक्रेनको युद्ध सुरुभएपछि पहिलोपटक युक्रेनलाई मानवीयतासहितको विभिन्न सामग्री सहयोग गरेको छ । चिनियाँ रेडक्रसद्वारा गरिएको सहयोगमा ब्लांकेट, खाद्यान्न तथा दैनिक आवश्यक सामग्रीहरू रहेका छन् ।
दुई साता पहिले रूसी राष्ट्रपति भ्लादमिर पुटिनले पूर्वी युक्रेनका दुई क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता दिएका थिए । रूस समर्थित पृथकतावादीको नियन्त्रणमा रहेका लाई पुटिनले डोनेस्क र लुहान्स्क क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता दिएका थिए ।
दुई क्षेत्रका पृथकतावादी नेताहरूलाई सँगै राखेर पुटिनले उनीहरूलाई स्वतन्त्र राज्यको मान्यता दिने आदेशमा हस्ताक्षर गरेपछि दुई मुलुक युद्धमा फसेको हो ।
स्वतन्त्र राज्यको मान्यता दिएसँगै पुटिनले रूसी रक्षा मन्त्रालयलाई त्यहाँ शान्ति स्थापना गर्न सैनिक पठाउन निर्देशन दिएसँगै रसिया र युक्रेनबीच युद्ध चर्केको हो । युक्रेनबाट २० लाखभन्दा बढी मानिसले मुलुक छोडिसकेका छन् ।
त्यहाँका नागरिक आफ्नो जीवन रक्षाका लागि पोल्याण्ड, फ्रान्स तथा रोमानिया र अन्य छिमेकी मुलुक प्रवेश गरिसकेका छन् ।
<
#BREAKING 🇨🇳✈️🇺🇦China's First Batch of Emergency Humanitarian Aid to #Ukraine left Beijing.
The aid mobilized by Red Cross Society of China include blankets, food, daily necessities and etc. pic.twitter.com/HlELJ7QpJD
— Shen Shiwei 沈诗伟 (@shen_shiwei) March 9, 2022
p>

इन्डोनेसियामा डुङ्गा डुब्दा ४ जनाको मृत्यु, ३८ बेपत्ता

रुसको कुर्स्क क्षेत्रमा नौसेना उपप्रमुखको मृत्यु

कर वृद्धिको बावजुद अमेरिकी रोजगारीको दरमा वृद्धि
पोर्चुगलका पूर्वप्रधानमन्त्री सुक्रेट्समाथि भ्रष्टाचारको अभियोगमा मुद्दा दर्ता

फिनल्याण्डमा छुरा प्रहारबाट कैयौँ घाइते, शङ्कास्पद व्यक्ति पक्राउ

गाजामा युद्धविराम गर्न इजरायल सहमत : राष्ट्रपति ट्रम्प

जापानमा दुई सातामा ९०० बढी भूकम्पको झट्का

प्रतिक्रिया