आगलागीबाट ११ महिनामा ८३ जनाको मृत्यु, दुई अर्ब बढीकाे क्षति

काठमाडौँ- पछिल्लो ११ महिनामा आगलागीका घटनामा परी देशभर ८३ जनाको मृत्यु भएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार २०७८ वैशाख १ देखि फागुन २४ गतेसम्मको अवधिमा आगलागीका घटनामा परी उनीहरुको ज्यान गएको हो ।
यो अवधिमा देशभर २ हजार ८६ वटा आगलागीका घटना रेकर्ड भएका छन् । यीमध्ये २ हजार २० वटा आगलागी घर, गोठ, उद्योग र कारखानामा भएका हुन् भने ६६ वटा जंगलमा ।
घर, गोठ, उद्योग र कारखानामा लागेको आगलागीमा परी ८० जना र जंगलमा लागेको आगलागीमा परी ३ जनाको मृत्यु भएको प्राधिकरणले जनाएको छ ।
आगलागीमा परी यो वर्ष हालसम्म ३५२ जना घाइते भएका छन् । आगलागीका घटनाबाट २ हजार ४२२ परिवार प्रभावित भएको प्राधिकरणले बताएको छ ।
प्राधिकरणका अनुसार आगलागीले यो वर्ष हालसम्म २ अर्ब २ करोड ८७ लाख १० हजार १२४ रुपैयाँ बराबरको आर्थिक क्षति गरेको छ ।

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया