मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप : मनाङ फाइनलमा

कैलाली- ‘कैलाली - मनाङ मर्स्याङ्दी क्लब सर्वाधिक धनराशीको पाँचौ मुख्यमन्त्री सुदुरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। धनगढी रंगशालामा बुधबार भएको पहिलो सेमिफाइनलमा हिमालयन शेर्पा क्लबलाई पेनाल्टी सुटआउटमा ४–२ गोल अन्तरले हराउँदै मनाङ फाइनल पुगेको हो।
खेलको निर्धारित समय १–१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो। पेनाल्टीमा मनाङले बाजी मार्यो। पेनाल्टीमा मनाङका अन्जन विष्ट, रुपेश केसी, मौसा अबागाना र पुजन उपरकोटीले गोल गरे। हिमालयनका उल्रिच सिवे र पिस्टन मुटाम्बाले गोल गरे।
विशाल श्रेष्ठ र विवेक पण्डित पेनाल्टीमा गोल गर्न चुके। पेनाल्टी अघि खेलको २८ औं मिनेटमा शिशिर लेखिले हेडर मार्फत गोल गर्दै मनाङलाई सुरुआती अग्रता दिलाएका थिए। तर, खेलको ८० औं मिनेटमा सुरेश कुमालले गोल गर्दै हिमालयनलाई १–१ गोलको बराबरीमा ल्याएका थिए। अब उपाधिका लागि मनाङल फागुन २८ गते बागमती युथ क्लब युथ क्लब र फ्रेन्ड्स क्लबबीचको विजेतासँग खेल्नेछ। दोस्रो सेमिफाईनल खेल विहीबार हुनेछ।प्राप्त गर्नेछ ।

बेंगलुरुको चिन्नास्वामी स्टेडियम आइपीएल खेलाउन प्रतिबन्ध
यु–२० च्याम्पियनसिपमा सहभागी नेपाली टोली स्वदेश फिर्ता

संस्कृति र खेलकुदको सङ्गम : लुम्बिनी लायन्सको नयाँ लोगो सार्वजनिक

जित्नैपर्ने दबाबबीच नेपाली महिला फुटबलर बंगलादेशसँग भिड्दै

मीनाको ह्याट्रिकमा श्रीलङ्काविरुद्ध नेपालको शानदार जित

चीन सरकारद्वारा राखेपलाई विभिन्न सामग्री सहयोग

डेभिस कप छनोट पारदर्शी छ : नेपाल टेनिस संघ

प्रतिक्रिया