तपाईंले चलाउने सिमकार्ड कसको नाममा छ ? यसरी हेर्नुहोस्

काठमाडौँ- मोबाइलमा प्रयोग हुने सिमकार्ड तपाईंको नाममा छ ? छैन् भने टेलिकमको कार्यालयमा गएर सिमलाई आफ्नो नाममा ल्याउनुहोस् । सरकारले ल्याएको नागरिक एप चलाउन होस् वा हराउँदा सहजै सोही नम्बर निकाल्नका लागि पनि सिमकार्ड तपाईंको नाममा हुन निकै जरूरी हुन्छ । यदि तपाईंले अन्य कुनै व्यक्तिको नाममा भएको सिम प्रयोग गरिरहँदा समस्यामा पर्न सक्नु हुन्छ ।
कतिपयलाई आफूले प्रयोग गरिरहेको सिमकार्ड कसको नाममा छ भन्ने पनि जानकारी नहुन सक्छ । यसका लागि मोबाइल सेवा प्रदायकले सजिलै यस्ता नम्बर कसको नाममा रजिष्टर छ भन्ने जानकारीका लागि युएसएसडीमार्फत हेर्न सकिने बनाएको छ ।
तपाईंलाई पनि कसको नाममा सिमकार्ड छ भनेर जानकारी छैन् भने यहाँ यसको बारेमा केही जानकारी दिइएको छ जसबाट तपाईंलाई आफूले प्रयोग गर्ने सिमकार्ड कसको नाममा रहेको छ भन्नेबारेमा जानकारी दिइन्छ ।
नेपाल टेलिकम
नेपाल टेलिकमको सिम कार्ड प्रयोग गर्नुहुन्छ भने सिम कसको नाममा छ भनेर थाहा पाउनको लागि *९२२# डायल गर्नुहोस । यसबाट आफुले प्रयोग गर्ने नेपाल टेलिकमको सिम कसको नाममा दर्ता भएको छ भनेर जानकारी पाउन सकिने छ ।
एनसेल
एनसेलको सिमकार्ड प्रयोग गर्नुहुन्छ भने सो सिम कसको नाममा छ भनेर थाहा पाउनको लागि *९९६६# डायल गर्नुहोस । त्यसपछि आफुले प्रयोग गर्ने सिम कसको नाममा दर्ता भएको छ भनेर जानकारी पाउन सकिने छ ।
यसरी सिमकार्ड कसको नाममा रहेको जानकारी लिन सकिन्छ । तपाईंले प्रयोग गर्ने सिमकार्ड अन्य व्यक्तिको नाममा रहेको छ भने नजिककै टेलिकमको कार्यालयमा गएर सिमकार्ड आफ्नो नाममा ल्याउन सक्नुहुनेछ । जसको लागि तपाईंको फोटो र नागरिकता आवश्यक हुन्छ र प्रयोगकर्ता आफैं टेलिकम कार्यालय जानुपर्ने हुन्छ ।

इन्फोडेभलपर्स र वन पोइन्ट फाईनानसियल सर्भिसेजबीच सहकार्य हुने

हाम्रो पात्रोको नयाँ अपडेट सार्वजनिक, प्रयोगकर्ताको अनुभवलाई अझ स्मार्ट, सहज र …

क्लासिक टेकका पाँच वटा बैंक खाता रोक्का राख्न जिल्ला अदालत मोरङको पत्राचार

अन्ततः अमेरिकी अदालतमा वकिल बनेर उभियो एआई, गर्यो बहस

एआईको चुनौतीबाट बच्न सामसुङलाई ‘गर या मर’ को मानसिकता आवश्यक
एआईको चुनौतीबाट बच्न सामसुङलाई ‘गर या मर’ को मानसिकता आवश्यक

स्पेसएक्सको अहिलेसम्मकै ठूलो अन्तरिक्ष यानको परिक्षण दोस्रो पटक पनि असफल

प्रतिक्रिया