मकवानपुरमा करिब ४० हजार मतदाता थपिए

मकवानपुर - नजिकै गरेको स्थानीय तहको निर्वाचनमा मकवानपुर जिल्लामा गत निर्वाचनको भन्दा थप ४० हजार जनाले भोट हाल्ने भएका छन् ।
पछिल्लो जनगणना अनुसार मकवानपुरमा मतदाताको संख्या २ लाख ९५ हजार ५ सय ५० पुगेको छ । २०७४ सालको निर्वाचनमा मकवानपुरमा २ लाख ५५ हजार ६ सय ४ जना मतदाता थिए । यो संख्या २०७४ सालको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको समयको हो ।
२०७४ सालमा सम्पन्न स्थानीय तह निर्वाचनमा भने मकवानपुरमा २ लाख २७ हजार ७ सय ५९ जना मतदाता थिए ।
जिल्ला निर्वाचन व्यवस्थापन समिति मकवानपुरले आसन्न स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै कार्यक्रम तयार पार्न सुरु गरेको प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहने निर्वाचन व्यवस्थापन समितिले जनाएको छ । मतदानस्थलको सुरक्षा समवेदनशिलताबारे अध्ययन तथा व्यवस्थापनको तयारी थालेको समितिका संयोजक तथा मकवानपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले बताए ।
पाण्डेका अनुसार मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा १२ हजार ४९५ मतदाता रहेका छन् । यसैगरी जिल्लाको कैलाश गाउँपालिकामा १४ हजार ६२०, थाहा नगरपालिकामा ३२ हजार ३१६, बकैया गाउँपालिकामा ३० हजार ०१३, बागमती गाउँपालिकामा २२ हजार ०९० मतदाता छन् ।
यसैगरी जिल्लाको भीमफेदी गाउँपालिकामा १७ हजार ४४७, मकवानपुरगढी गाउँपालिकामा १९ हजार १५०, मनहरी गाउँपालिकामा २६ हजार ७५१ र राक्सिराङ गाउँपालिकामा १५ हजार ८७३ जना मतदाता रहेका छन् ।
निर्वाचनको मिति नजिकिँदै गर्दा उम्मेदवारको चर्चा बजारमा सुरू भएको छ ।
भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

प्रदेश सरकारद्वारा विद्यालयलाई बस प्रदान

मल्लकालीन बस्तीका स्ववासीलाई सयौँ वर्षपछि लालपुर्जा वितरण

भक्तपुर–नगरकोट सडकखण्डको १५ किलोमिटर सडक कालोपत्र अन्तिम चरणमा

काभ्रेलाई पूर्णखोप सुनिश्चित जिल्ला घोषणा
नालामा पुल भाँचियो : काठमाडौँ जाने वैकल्पिक सडक अवरुद्ध

बागमती प्रदेशसभामा आगामी आवको बजेटमाथि छलफल प्रारम्भ

प्रतिक्रिया