नेपालको आक्रमक ब्याटिङ, श्रीलंका पुलिसविरुद्ध तीन खेलाडीको अर्धशतक
काठमाडौँ- अभ्यास खेलका लागि श्रीलंका भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले बुधबार तेस्रो खेलमा अहिले श्रीलंका पुलिसको सामना गरिरहेको छ। अघिल्ला दुई खेलमा श्रीलंका नेभीविरुद्ध जित निकालेको नेपाल तेस्रो खेलमा टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको हाे ।
कप्तान सन्दीप लामिछानेले टस जितेसँगै ब्याटिङमा आएको नेपालले आक्रमक सुरुवात गरेको छ। जहाँ नेपालका तीन ब्याटरले अर्धशतक प्रहार गरिसकेका छन् ।
ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेख तथा रोहित कुमार पौडेल हालसम्म अर्धशतक पूरा गरेका छन्।
जारी खेलमा नेपालले ३७ ओभर जारी रहँदा ६ विकेट गुमाएर २२३ रन जोडेको छ। कुशलले ५७ रन बनाउँदा आसिफले ५२ रन बनाए । यस्तै तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका रोहितले ६९ रन बनाएर खेलिरहेका छन् ।
अभ्यासपछि नेपाली टिम १४ मार्चमा संयुक्त अरब इमिरेट्स (यूएई) प्रस्थान गर्नेछ । जहाँ नेपालले विश्वकप लिग-२ प्रतियोगिता खेल्नेछ ।

नेपाली क्रिकेट टोली बन्द प्रशिक्षण शिविरका लागि भारत जाने

काठमाडौं गोर्खाजको मुख्य प्रशिक्षकमा मोन्टी देसाइ नियुक्त
नेपाल स्ट्रिट प्रिमियर लिग टी–१० क्रिकेट काठमाडौँमा हुँदै

एसीसी यू १६ इस्ट जोन कप : मलेसियालाई हराउँदै नेपाल फाइनलमा

आइपीएल : १४ वर्षीय वैभव सूर्यवंशीले थप खेल्न पाएको भए बनाउँथे धेरै रेकर्ड
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_NKPXYwe63d_1xazlmy8wd3ogagexxvejb2wymegaz1ooowxzncaihkkxxbts1jtdt2t1tfd.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

प्रतिक्रिया