नेपालका चार खेलाडीको अर्धशतकमा श्रीलंका पुलिसलाई ३३२ रनकाे लक्ष्य

काठमाडौं- अभ्यास खेलका लागि श्रीलंका भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले तेस्रो अभ्यास खेलमा श्रीलंका पुलिसविरुद्ध विशाल योगफल तयार पारको छ ।बुधबार कप्तान सन्दीप लामिछानेले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेसँगै आक्रमक सुरुवात गरेको नेपालले ३३२ रनको लक्ष्य प्रस्तुत गरेको हो । निर्धारित ५० ओभर खेलेको नेपालले सात विकेट गुमाउँदै ३३१ रन बनायो ।
नेपालका चार ब्याटरले अर्धशतक बनाए । ओपनरद्वय कुशल भर्तेल र आसिफ शेखले क्रमशः ५७ र ५२ रन जोडे । यस्तै तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका रोहित कुमार पौडेलले सर्वाधिक ७२ रन बनाएर आउट हुँदा करण केसी ५३ रनमा अविजित रहे ।
यस्तै आरिफ शेखले ३५, कमलसिंह ऐरी ४५ रनमा अविजित रहँदा बिनोद भण्डारीले ३ रन बनाए ।
यसअघि नेपालले पहिलो खेलमा श्रीलंका नेभीविरुद्ध १११ र दोस्रो खेलमा ८२ रनको जित निकालेको थियो । अभ्यासपछि नेपाली टिम १४ मार्चमा संयुक्त अरब इमिरेट्स (यूएई) प्रस्थान गर्नेछ । जहाँ नेपालले विश्वकप लिग-२ प्रतियोगिता खेल्नेछ ।

बेंगलुरुको चिन्नास्वामी स्टेडियम आइपीएल खेलाउन प्रतिबन्ध
यु–२० च्याम्पियनसिपमा सहभागी नेपाली टोली स्वदेश फिर्ता

संस्कृति र खेलकुदको सङ्गम : लुम्बिनी लायन्सको नयाँ लोगो सार्वजनिक

जित्नैपर्ने दबाबबीच नेपाली महिला फुटबलर बंगलादेशसँग भिड्दै

मीनाको ह्याट्रिकमा श्रीलङ्काविरुद्ध नेपालको शानदार जित

चीन सरकारद्वारा राखेपलाई विभिन्न सामग्री सहयोग

डेभिस कप छनोट पारदर्शी छ : नेपाल टेनिस संघ

प्रतिक्रिया