एएफसी लाइसेन्स प्रमाणीकरणको लागि एपीएफलाई अग्नि ग्रुपको बधाई

काठमाडौँ - एपीएफ फुटबल क्लबले हालै हलचोकस्थित सशस्त्र प्रहरी बलको मुख्यालयमा आयोजित विशेष समारोहमा एसियाली फुटबल महासंघ (एएफसी) लाइसेन्स प्रमाणपत्र प्राप्त गरेको छ । एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले अग्नि ग्रुपका कार्यकारी निर्देशक अर्जुन प्रसाद शर्माको उपस्थितिमा सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाललाई प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।
अग्नि ग्रुप महिन्द्राले नेपाल एपीएफसँग करिब ८ वर्षदेखि आबद्ध रहेको र सुरुवाती दिनदेखि नै क्लबको स्तरोन्नतिका लागि सक्दो सहयोग गर्दै आइरहेको छ । यो कोशेढुङ्गा मनाउन पाउँदा अग्नि ग्रुप परिवार गौरवान्वित भएको छ र एपीएफलाई नेपालको आधिकारिक चौथो क्लब बनेकोमा हार्दिक बधाई पनि व्यक्त गर्दछ।
एपीएफ क्लबले सन् २००१ देखि हालसम्मको आफ्नो यात्रामा धेरै उपलब्धि हासिल गरेको छ र निकट भविष्यमा सफलताका अन्य शिखरहरूमा पुग्न तत्पर रहेको छ अग्नि ग्रुप एपीएफ टिमलाई सफल भविष्यको कामना गर्दछ र आगामी दिनहरुमा पनि यस्तै उपलब्धीहरूसँगै मनाउने अपेक्षा पनि गर्दछ ।

दराज नेपालद्वारा नयाँ अप्सन ‘च्वाइस’ सार्वजनिक गर्ने तयारी
_m5brk45wDd_tfrh4cuznqd3gnmwqer0yqykljytpc6p0rlom79zez0u1lljarfiuust7veg_LEjVggqqmX_1ztpvgsojvveqjdlnooanemoneikuqq0ljulbxmqo1cyibgc3khmtvlrqf9n.jpeg)
एनसेल एप प्रयोग गरी रिचार्ज गर्दा ग्राहकलाई बोनस डेटा

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा वादी सरोकार मञ्च नेपाललाई खाद्यान्न सामग्री सहयोग

दराजद्वारा फ्युचर लिडर्स प्रोग्राम २०२५ को आवेदन खुल्ला, दक्षिण एशियाका उत्कृष्ट …
पठाओ एपमा थपियो रेन्टल सेवाः कार, एसयूभी, माइक्रो र मिनीबसदेखि ठूला बससम्म …

नयाँ वर्षमा पठाओको ‘पार्सल डेलिभरी महोत्सव’

एनसेल एनएसएलः ललितपुर सिटी एफसीको ‘पावर्ड बाई’ पार्टनरमा एनसेल

प्रतिक्रिया