नेकपा विवादमा राष्ट्रपति भण्डारीको 'इन्ट्री' पदको मर्यादा र गरिमा उल्लघंन : रावल

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य भीम रावलले राष्ट्रपति विद्यादेवी भण्डारीको कदमले राष्ट्रपति पदको मर्यादा र गरिमाको उल्लङ्घन भएको बताएका छन् । उनले ट्वीट गर्दै नेकपाको आन्तरिक राजनीतिक समस्यामा कुनै एक पक्षलाई साथ दिँदै सक्रिय रहनु राष्ट्रपति पदको मर्यादा र गरिमाको उल्लघंन भएको बताएका हुन् ।
उनले नेकपाको संस्थागत सञ्चालनको मार्गमा अवरोध सिर्जना गर्ने गलत काम ठहरिने उल्लेख गरेका छन् । 'नेकपाको आन्तरिक राजनीतिक समस्यामा कुनै एक पक्षलाई साथ दिँदै राष्ट्रपति सक्रिय रहनु भएको समाचार आइरहेको छ' उनले ट्वीट गरेका छन् 'यदि यस्तो गरिएको हो भने यो राष्ट्रपति पदको मर्यादा र गरिमाको उल्लङ्घन,स्थापित प्रणालीको अवज्ञा र नेकपाको संस्थागत सञ्चालनको मार्गमा अवरोध सिर्जना गर्ने गलत काम ठहरिने छ ।'
नेकपाको आन्तरिक राजनीतिक समस्यामा कुनै एक पक्षलाई साथ दिदै राष्ट्रपति सक्रिय रहनुभएको समाचार आइरहेको छ।यदि यस्तो गरिएको हो भने यो राष्ट्रपति पदको मर्यादा र गरिमाको उल्लङ्घन,स्थापित प्रणालीको अवज्ञा र नेकपाको संस्थागत सञ्चालनको मार्गमा अवरोध सिर्जना गर्ने गलत काम ठहरिने छ।
— Bhim Rawal, PhD (@BhimRawal179) November 6, 2020
नेकपामा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीचको विवाद उत्कर्षमा छ । विवाद मिलाउन राष्ट्रपति भण्डारी एकाध गुटलाई साथ दिँदै नेकपाभित्र चलखेल गर्न थालेपछि नेकपाकै नेताहरु विरोध उत्रिएका छन् ।
मंगलबार शीतलनिवास बोलाएर राष्ट्रपति भण्डारीले नेकपालाई विभाजन हुनबाट रोक्न भूमिका खेल्न नेकपा उपाध्यक्ष वामदेव गौतमलाई आग्रह गरेकी थिइन् । ‘राष्ट्रपतिले पार्टी एक रहने पक्षमा उपाध्यक्षसँग चिन्ता लिनुभयो,’ गौतमलाई उध्रित गर्दै गौतमका प्रेस संयोजक विश्वमणि सुवेदीले इकागजसँग भनेका थिए ‘विगतमा पनि पार्टीमा विवाद हुँदा मिलाएको र अहिलेपनि मिलाउनका लागि समन्वयकारी भूमिका खेल्न आग्रह गर्नुभयो ।’
जवाफमा गौतमले पार्टीमा एकतासहित विधि, पध्दतीको स्थायीत्वका लागि आफूहरु लागिरहेको बताएका थिए । ‘हामी पार्टी एक राख्न र पार्टीमा विधि र पद्धतिको स्थायीत्व निर्माण गर्न लागिरहेका छौं,’ गौतमले राष्ट्रपतिलाई भनेका थिए, ‘अहिलेसम्म पार्टी एक राख्न लागिरहेको छु । आगामी दिनमा पनि लाग्छु ।’ भण्डारीले पार्टीलाई फुटबाट जोगाउन सक्रिय भएर लाग्न आग्रह गरेको र गौतमले आफू दत्तचित्त भएर लागेको बताएका बताए ।
राष्ट्रपति भण्डारीले बुधबार नेकपाका सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापालाई शीतलनिवासमा बोलाएर पार्टी एकता बचाउन र सरकारमा प्रधानमन्त्रीलाई साथ दिन आग्रह गरेकी थिइन् । राष्ट्रपति भण्डारीले थापालाई विगतझैं प्रधानमन्त्री ओलीलाई साथ दिन आग्रह गरेकी थिइन् । राष्ट्रपति भण्डारीको कुरा सुनेपछि थापाले आफु पनि पार्टी नफुटोस् भन्ने पक्षमा रहेको बताएका थिए ।

बालबालिकालाई संस्कारसहितको शिक्षा दिनुपर्छ : मुख्यमन्त्री कँडेल

देश समृद्ध बनाउन जोखिम मोलेरै काम गर्नुपर्छ : महासचिव पोखरेल

राजनीतिप्रति युवाहरूको वितृष्णा बढ्यो, आकर्षणमा बदल्नु मुख्य चुनौती : शेखर को…

‘मूलधारका मिडियालाई न्यू मिडियाले चुनौती खडा गरेको छ’

पार्टी फुटाउने नेतालाई अहिले पश्चाताप भइरहेको छ : महासचिव पोखरेल

आगामी निर्वाचन कांग्रेसको बहुमत आउन सक्छः सभापति देउवा

नेकपा माओवादी केन्द्रको मध्यपहाडी लोकमार्ग केन्द्रित अभियानलाई भदौ दोश्रो साताप…

प्रतिक्रिया