शुक्रबार ०२ जेठ, २०८२
Friday, May 16, 2025

एमाले निकट कर्मचारीको अधिवेशन फागुन २८ देखि

काठमाडौं–नेकपा (एमाले) निकट नेपाल निजामती कर्मचारी संगठनले यही फागुन २८ गतेदेखि ११औं राष्ट्रिय अधिवेशन गर्ने भएको छ ।

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संगठनले फागुन २८ गते एमालेका अध्यक्ष तथा पर्व प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा कार्की ब्याङ्क्वेट थापाथली हाइट, काठमाडौंमा अधिवेशनको उद्घाटन हुने जानकारी दिएको हो । 

संगठनले आगामी फागुन २८–२९ गते हुने ११औं राष्ट्रिय अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । पत्रकार सम्मेलनमा बोल्दै संगठनका संयोजक केदारप्रसाद देवकोटाले ११औं राष्ट्रिय अधिवेशनको सम्पुर्ण तयारी पूरा भएको जनाए । उहाले ७७ जिल्ला तथा ३६ विभागीय कार्य समितिहरुका अधिवेशन सम्पन्न भइसकेको बताए ।

अधिवेशनले निजामती सेवाको सांगठनिक ढाँचा तथा स्वरुप, संघ, प्रदेश र स्थानीय निजामती सेवा ऐनमा समावेश हुनुपर्ने विषयहरुको बारेमा ब्यापक छलफल गर्ने उनको भनाई छ ।

उनले नयाँ नेतृत्वको चयन मतदानमार्फत नभई सर्वसम्मत रुपले गर्ने पनि बताए ।