सोमबार ०५ साउन, २०८२
Monday, July 21, 2025

प्रहरी नियन्त्रणमा रहेका युवाको मृत्युबारे छानविन गर्नुपर्ने

सुर्खेत– कर्णालीका मानव अधिकारकर्मीहरूले प्रहरीको नियन्त्रणमा रहेका युवाको मृत्यु भएको घटनाको विषयमा मानव अधिकार आयोगले पनि छानविन गर्नुपर्ने छानविन गर्नुपर्ने बताएका छन्।

मानव अधिकार रक्षक सञ्जाल कर्णाली प्रदेशको आज बसेको बैठकले आयोगले पनि उक्त घटनाको मानव अधिकार आयोगलाई छानविनको लागि अनुरोध गरेको हो। सरकारी पक्षको मुद्धा सरकारी पक्षले नै हेर्ने भएको हुँदा यसमा निस्पक्ष छानविनमा प्रभावित हुने आंशका मानवअधिकारकर्मीहरुको रहेको छ । 

प्रहरीको कुटाइको कारण कालिकोटका युवक कृष्णबहादुर हमालको मृत्यु भएको भन्दै हमालका परिवारले प्रहरी चौकीका सहायक प्रहरी निरीक्षक (असई) शेरसिंह धामीविरूद्ध जाहेरी दिएका छन् ।  हमालको सुर्खेत अस्पतालमा गएको शनिबार बिहान सवा १० बजे मृत्यु भएको थियो ।