बुधबार २१ जेठ, २०८२
Wednesday, June 04, 2025

पैसाको अभावमा पाठेघरको रोग पाल्दै हुम्लाकी होइजाली

फाइल फोटो

हुम्ला - दक्षिण भेगमा एक जना महिलाले आर्थिक समस्याले रोग पालिरहेकी छन् । ताँजाकोट गाउँपालिका–२ मैला गाउँका बस्ने ६६ वर्षीय होइजाली धामी अर्थाभावमा रोग पालिरहेकी छन् ।

पाठेघरसम्बन्धी समस्या भएको १० महिना बढी भइसक्दा उपचार गर्ने पैसा नहुँदा घरमै रोग पालिरहेकी छिन् । होइजालीले १० महिनादेखि यो रोग पाल्दै आएकी छिन् ।  गत जेठमा ५० हजारमा भैँसी बिक्री गरेर नेपालगञ्जको कोहलपुर मेडिकल कलेजमा उपचार गर्न पुगिन्।

 अस्पतालले पाठेघरमा सङ्क्रमण भएको भन्दै खाने औषधि दिएर घर पठाएको थियो । चौध दिन अस्पताल बसेर धामीले उपचार गरेकी थिइन् । चाँडै निको हुने स्वास्थ्यकर्मीले आश्वासन दिएर खाने औषधिका साथ घर पठाएको होइजालीका श्रीमान् दलसुर धामीले बताए । 

होइजालीले औषधि खाएर सकिसकेकी छिन्, तर फेरि समस्या उस्तै छ, मैला स्वास्थ्यचौकीले सिफारिस गरेको भए पनि पैसा नहुँदा पीडा सहँदै बसिरहेको मैला स्वास्थ्यचौकीका इन्चार्ज धनराज ढकालले बताए । 

अवस्था निकै कमजोर रहेको उनको परिवारलाई उपचारका लागि नेपालगञ्जसम्म जाने भाडासमेत नभएको गुनासो गरेको इन्चार्ज ढकालले बताए । तल्लो पेट दुख्ने, रगत, पिप बग्ने, शरीर दुख्नेजस्ता समस्या भइरहेको होइजालीले बताइन् । 

श्रीमान् दलसुर धामीले श्रीमतीको उपचारका लागि घरमा भएको भैँसी यसअघि नै बिक्री गरेर उपचार गरे । तर अहिले बिक्री गर्नलाई सम्पत्तिसमेत नहुँदा श्रीमतीको उपचार गर्न नसकेको दुःखेसो पोखे । सुरुसुरुमा होइजालीले आफ्नो समस्या लुकाएकी थिइन्, अहिले धेरै अफ्ठ्यारो भएपछि मात्र उनले समस्या भएको बाहिर ल्याएकी हुन् । 

होइजालीजस्तै हुम्लाको ग्रामीण बस्तीका महिलामा पाठेघर खस्ने समस्याले बढी देखिने गरेको स्वास्थ्यकर्मीले बताउने गरेका छन् । जिल्लाका ग्रामीण समुदायमा बसोबास गर्ने महिला यो समस्याबाट बढी पीडित भएको स्वास्थ्यकर्मीले बताउँदै आएका छन् । धेरै महिला यौन रोग लुकाएर पालिरहेका छन् । अफ्ठ्यारो अवस्थामा मात्रै स्वास्थ्य संस्था पुग्ने गरेका छन् ।

यो समस्या सानो उमेरमा विवाह गर्नु, सुत्केरी भएलगत्तै काम गर्नुपर्ने, गर्भवती समयमा उकाली–अ‍ेराली गर्नुपर्ने, भारी बोक्नुपर्ने, बच्चा धेरै जन्माउनुपर्ने अशिक्षाका कारण लाज मान्ने प्रवृत्तिले पनि जिल्लाका ग्रामीण क्षेत्रका महिलामा पाठेघरको समस्या बढी हुने स्वास्थ्यकर्मी ढकालले बताए । 

 दुर्गमका महिलाहरू अझै पनि वर्षौँदेखि रोग लुकाएर बस्ने गरेका छन् । रासस

गाउँमै विशेषज्ञ सेवाः चार सय जना लाभान्वित

गाउँमै विशेषज्ञ सेवाः चार सय जना लाभान्वित

रोगहरुविरुद्ध सचेतनाका लागि विद्यालय शान्तिदूत कार्यान्वयनमा आउँदैछ- स्वास्थ्यमन्त्री पौडेल

रोगहरुविरुद्ध सचेतनाका लागि विद्यालय शान्तिदूत कार्यान्वयनमा आउँदैछ- स्वास्थ्यमन्…

स्वास्थ्य सेवालाई व्यवस्थित गर्न निजी क्षेत्रसँग सहकार्य गर्न सरकार तयार छः स्वाथ्यमन्त्री पौडेल

स्वास्थ्य सेवालाई व्यवस्थित गर्न निजी क्षेत्रसँग सहकार्य गर्न सरकार तयार छः स्वाथ्यम…

मुख्यमन्त्रीको निर्देशनपछि चन्द्रनिगाहपुरका हाइवे ट्रमा र सिभिल अस्पतालको सटर बन्द

मुख्यमन्त्रीको निर्देशनपछि चन्द्रनिगाहपुरका हाइवे ट्रमा र सिभिल अस्पतालको सटर बन्द

कान्तिलाई हजार शैय्या पुर्याउन जापानी सहयोगका लागि मन्त्री पौडेलको आग्रह

कान्तिलाई हजार शैय्या पुर्याउन जापानी सहयोगका लागि मन्त्री पौडेलको आग्रह

मेला, महोत्सवका नाममा सुर्तीजन्य पदार्थको विज्ञापन नगर्न आग्रह

मेला, महोत्सवका नाममा सुर्तीजन्य पदार्थको विज्ञापन नगर्न आग्रह

गण्डकी प्रदेशले १५ स्वास्थ्य संस्थाबाट निःशुल्क डायलासिस सेवा दिँदै

गण्डकी प्रदेशले १५ स्वास्थ्य संस्थाबाट निःशुल्क डायलासिस सेवा दिँदै

स्वास्थ्य बीमा हटाउने होइन, व्यवस्थित गर्ने हो - मन्त्री पौडेल

स्वास्थ्य बीमा हटाउने होइन, व्यवस्थित गर्ने हो - मन्त्री पौडेल