सेयर भाउ बढाउन लन्डन स्टक एक्सचेञ्जमा सूचीकृत हुने निफ्राको हल्लाबाजी
नेप्सेले तीन दिनभित्र जवाफ माग्यो

काठमाडौं : नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले सेयर मूल्य प्रभावित पार्ने गरी प्रचारबाजी गरेको भन्दै नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले उसलाई स्पष्टिकरण सोधेको छ । नेप्सेले सम्बन्धीत निकायलाई जानकारी नगराई यस्तो प्रचारबाजी गरेको बताएको हो ।
गत आइतबार केही आर्थिक पत्रकारहरूलाई बोलाएर निफ्राका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडा आफैले चालु आर्थिक वर्षभित्रै लन्डन स्टक एक्सचेञ्जमा ३० मिलियन डलर बराबर बन्ड जारी गर्न लागेको सूचना दिएका थिए । त्यति मात्रै होइन उनले राष्ट्र बैंकबाटै स्वीकृति पाइसकेको जानकारी दिएका थिए ।
सरकारी स्वामित्वको एक सञ्चारमाध्यमले समेत निफ्रा लन्डन स्टक एक्सचेञ्जमा सूचीकृत हुने शिर्षकमा समाचार प्रकाशित गरेको थियो । विभिन्न सञ्चारमाध्यममा समेत यस्तो सूचना आएपछि नेप्सेले निफ्रासँग प्रष्टिकरण मागेको हो ।
उसले सोधेको छ, 'सत्य तथ्य के कसो भएको हो? चालु आर्थिक वर्षभित्रमा नै ८.५ प्रतिशतको ब्याज तोकी यस कम्पनीले बन्ड जारी गर्ने र सो लन्डन स्टक एक्सचेञ्जमा सूचीकृत हुने भन्ने समाचार के कति मात्रामा सत्य हो ?'
निफ्राले रणनीतिक साझेदार भित्र्याउने विषयमा समेत नेप्सेले चासो देखाएको छ । कम्पनीको मुनाफाबाट १० प्रतिशत लाभांश वितरण गर्ने विषयबारे स्पष्टीकरण दिन ३ दिनको समय दिएको छ ।

सिरहा छोटी भन्सारको राजस्व सङ्कलनमा वृद्धि

आजको लागि विदेशी मुद्राको विनिमय दर

कजारियाको नयाँ शोरूम बनेपामा उद्घाटन

इन्फिनिक्सको १८ महिनाको वारेन्टी र निःशुल्क स्क्रीन रिप्लेसमेन्ट अफरसहित ग्राहक स…

नापतौल ठगीको कसुरमा दुई हजारभन्दा बढी कारबाहीमा

बहुगुणी अन्न कोदोः खेती गर्न किसानको अरुची

कति छ आज सागसब्जी र फलफूलको मूल्य ?

प्रतिक्रिया