पर्यटन प्रवर्द्धनमा सहकार्य गर्न श्रीलङकालाई चेम्बरको प्रस्ताव

काठमाडौँ- नेपाल चेम्बर अफ कमर्सले सार्क सदस्य राष्ट्र श्रीलङकासँग पर्यटन प्रवर्द्धनमा सहकार्य गर्न प्रस्ताव गरेको छ ।
शुक्रबार जमलस्थित चेम्बर भवनमा भएको शिष्टाचार भेटवार्तामा अध्यक्ष राजेन्द्र मल्लले नेपालका लागि श्रीलङकन राजदूत हिमाली शुभासिनी अरुनातिलकासँग पर्यटन सेवामा सहकार्यमार्फत दुवै मुलुकले आर्थिक समृद्धि हासिल गर्नुपर्ने बताए ।
आगामी बुद्ध जयन्तीको अवसरमा नेपालले दोस्रो गौतम बुद्ध अन्तर्राराष्ट्रिय विमानस्थलबाट औपचारिक उडान मल्लले सुरु गर्न लागेकाले सीधा हवाई सम्पर्क बढाउन आग्रह गरे । उनले भने, ‘नेपाल श्रीलङकाका दुबै सार्क राष्ट्रका सदस्य हुन् । आर्थिक, सामाजिक र सांस्कृतिक दृष्टिकोणले पनि समान छन् । श्रीलङकाका पर्यटक सिधै भैरहवा विमानस्थलमा आएर नेपालको महत्वपुर्ण धार्मिक स्थल लुम्बिनीमा भ्रमण गर्न सक्छन् ।’
काठमाडौँ-कोलम्बोको हवाई क्षमता बिस्तार गरेर दुवै मुलुकले अन्य व्यापारिक लाभ लिन सक्ने पनि अध्यक्ष मल्लको भनाइ थियो । पछिल्लो समय नेपालीहरू पनि घुम्नका लागि विदेश जाने क्रम बढेको भन्दै उनले त्यसको लाभ श्रीलङकाले लिन सक्ने बताए । उनले नेपाल र श्रीलङकाबीचको ६५ वर्ष लामो सम्वन्धलाई आर्थिक दृष्टिकोणले पनि परिणाममुखी बनाउनुपर्नेमा जोड दिए ।
राजदूत हिमालीले नेपाल र श्रीलङकाबीचको व्यापार सहजीकरण मार्फत आर्थिक समृद्धिका लागि आफुले पहल गर्नुपर्ने बताइन् । पर्यटन सेवा विस्तार गरेर दुवै मुलुकले आर्थिक लाभ लिन सक्ने उनको भनाइ छ ।
उनले नेपाल र श्रीलङकाबीच हवाई सेवा विस्तार गर्न पहल गर्ने प्रतिवद्धता जनाएकी छन् । नेपालमा श्रीलङकाले हाल पूर्वाधार, जलविद्युत, सेवा क्षेत्रमा लगानी गरिरहेको र थप लगानीका लागि उपयुक्त वातावरण खोजिरहेको हिमालीको भनाई छ ।

कतिमा कारोबार हुँदैछ विदेशी मुद्रा ?

पोखरामा स्वदेशी सीप र पुँजीमा निर्माण भयो अत्याधुनिक हवाई इन्धन डिपो

Midea ले ल्यायो 10 Years Magnetron Warranty र Inverter Quattro टेक्नोलोजी …

बिगमार्टमा एससीटीको ‘स्मार्ट जुलाई अफर’: युपीआई कार्डमार्फत भुक्तानी गर्दा १० प्…

ढुक्क भएर लगानी गर्न अध्यक्ष ढकालको आग्रह

आजको लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

कतिमा हुँदैछ आज विदेशी मुद्राको कारोबार ?
_s9n0E2adwG_gumcjphdni5h8dpeydj8wga6u7eedf5s53tlhjkvy9oq9o55mjx4slzmwcbq_lzksE9Fnor_cgu0zdefeb7fmjyowetpzahcyrnzklh0ptdosubyx8z7rfpd2ajlebsaexwv.jpg)
प्रतिक्रिया