एमसीसी पारित गरेपछि सांसद विष्टले दिए सांसद र पार्टी जिम्मेवारीबाट राजीनमा

काठमाडौं–नेकपा(माओवादी केन्द्र) कर्णाली प्रदेश सभाका सांसद तथा प्रमुख सचेतक ठम्मरबहादुर बिष्टले पार्टी परित्यागको घोषणा गरेका छन्।
शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गर्दै सांसद बिष्टले आफ्नो पार्टी माओवादी केन्द्रले पार्टीको सिद्धान्त र मूल्यमान्यता विपरीत संसदबाट एमसीसी पारित गरेकाले माओवादी केन्द्र परित्याग गरेको बताए । उनले पार्टीको जिम्मेवारीसहित कर्णाली प्रदेश सभाको सांसद र प्रमुख सचेतकको जिम्मेवारीबाट पनि राजीनामा दिएको बताए।
उनले पार्टी नेतृत्वले एमसीसीको सम्बन्धमा कार्यकर्तालाई बिरोधमा सडकमा उतार्ने र आफूले पर्दा पछाडि अनेक खालका चलखेल गरेको आरोप लगाए। पार्टी भित्र रचनात्मक आलोचनामार्फत पार्टीलाई रुपान्तरण गर्न हदैसम्म प्रयास गर्दा पनि सफल हुन नसकेको उनले बताए ।
‘हाम्रो राजनीति, सिद्धान्त, दर्शन, मूल्य, मान्यता भन्दा धेरै पर पुगेर जसरी एमसीसीको राष्ट्रघात छल्कियो त्यो गम्भीर आपत्तिजनक कुरा छ’ उनले भने, ‘यस्तो खालको राष्ट्रघाती अभियानमा पार्टी सहभागी भएको हुनाले बिरोध त मैले निरन्तर गरिराखेको छु ।’ देश, जनताभन्दा आफ्नो पद कुनै ठूलो कुरा नभएकाले राजीनामाको निर्णय गरिएको उनले बताए।
उनले कर्णाली प्रदेशमा पार्टीले आसेपासे र सरकारमा पहुँचको आधारमा साधन, स्रोत र बजेटको दोहन गरेकाले पनि प्रदेश सभामा बस्न उचित नलागेको बताए। माओवादीले पार्टीको चेन अफ कमान्डको नाममा संसदीय दलको अधिकार क्षेत्रलाई समेत हस्तक्षेप गर्ने गरको उनले आरोप लगाए।

कर्णालीमा ५० ठाउँमा तुइन रहेको प्रारम्भिक रिर्पोट

डेंगुले सुर्खेतमा एक वर्षमै चारको मृत्यु, तीन नगरपालिका उच्च जोखिममा

न्यून ज्यालामा काम गर्न बाध्य छन् हुम्लाका श्रमिक

कर्णालीमा देउडा खेल्दै लुतो फालेर मनाइयो साउने सङ्क्रान्ति

कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा

कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा

उच्च अदालत फैसलाले कोहलपुर–सुर्खेत प्रसारण लाइन विस्तारको बाटो खुल्यो

प्रतिक्रिया