आइतबार ०८ असार, २०८२
Sunday, June 22, 2025

जसपा संघीय परिषद् बैठक बस्दै

फाइल तस्‍बिर

काठमाडौं - जनता समाजवादी पार्टी, नेपालको संघीय परिषद्को बैठक आज बस्दैछ । दिउँसो थापागाउँस्थित बानेश्वर बै‌क्वीटमा बस्ने बैठकमा अध्यक्ष डा. बाबुराम भट्टराईले राजनीतिक प्रतिवेदन पेश गर्ने जसपाले जनाएको छ । 

बैठकले अध्यक्षको राजनीतिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्नेछ । संघीय परिषद् बैठकपछि फागुन २९ र ३० गते केन्द्रीय समितिको बैठक बस्ने जसपा नेपालले जनाएको छ ।

केन्द्रीय समितिको बैठकमा संघीय परिषद्ले पारित गरेको राजनीतिक प्रतिवेदनमा छलफल हुनुका साथै स्थानीय निर्वाचन, विधान सम्मेलनलगायत विभिन्न समसामयिक राजनीतिक घटनाक्रममाथि छलफल हुनेछ ।