शुक्रबार ०२ साउन, २०८२
Friday, July 18, 2025

स्रोत नखुलेको पौने १९ लाखसहित भारतीय पक्राउ

जनकपुरधाम– स्रोत नखुलेको करिब पौने १९ लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ ।

सशस्त्र प्रहरी क्षिनमस्ता वाहिनी बर्दिबासका अनुसार पक्राउ पर्नेमा भारतको विहार राज्य पुर्वी चम्पारण मोतिहारी जिल्ल्ला महंगुआ ग्राम पञ्चायत २ निवासी ४५ वर्षीय दिप नारायण प्रसाद रहेका छन् ।

सशस्त्र प्रहरी क्षिनमस्ता वाहिनी बर्दिबासबाट खटिएको स्कवार्ड टोलीले विषेश सूचनाको आधारमा रौतहटको बौधिमाई नगरपालिका ९ सरमझुवाबाट स्रोत नखुलेको १८ लाख ७३ हजार नेपाली रुपैयाँसहित दिपनारायणलाई पक्राउ गरेको हो ।

अवैघ रुपमा भारतीय नम्बर प्लेटको मोटरसाईकलमा ल्याउँदै गरेको अवस्थामा उनलाई सो रकम सहित पक्राउ गरिएकोमा मोटरसाइकलको एक लाख मुल्यांकन सहित थप कारवाहीका लागि गौर भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बर्दिबासले जनाएको छ ।