सांसद पद र पार्टी छाडेका विष्ट भन्छन्–पदका लागि राजीनामा दिएको होइन

सुर्खेत– नेकपा (माओवादी केन्द) बाट कर्णाली प्रदेश सभा सदस्यसमेत रहेका ठम्मर विष्टले सांसद पद सहित पार्टीबाट राजीनामा दिएको घोषणा गरेपछि पार्टीभित्र तरंग पैदा भएको छ। पार्टीले गरेको एमसीसीको समर्थन र कर्णाली सरकारले चालेका कदमको कारण राजीनामा बुझाएको विष्टले बताए। ‘मैले पदको लाभको लागि राजीनामा दिएको होइन’ उनले इकागजसँग भने, ‘पाएको सुविधा पनि छोडेको छु त्यसैले पद र सुविधाको माया छैन ।’
पार्टीका अध्यक्ष पुष्पकमल दाहल (प्रचण्ड) सुर्खेत आएकै दिन सांसद विष्टले पार्टी छोडेको घोषणा गरेका हुन् । कर्णाली प्रदेश सभामा माओवादी केन्द्रका प्रमुख संचेतकसमेत रहेका विष्टले संयोग मिलाएर पार्टीमा नबस्ने निर्णय लिएको जानकारी दिए। ‘मैले पार्टी र सांसद पदबाट राजीनामा दिएको छु, तत्कालै अब अर्को पार्टी प्रवेश गर्ने भन्ने विषयमा निर्णय लिएको छैन्’ उनले भने, ‘सांसद पदमा रहँदा नागरिकका आवाजहरु संसदमा उठाए र सरकारका कामहरुको पनि टिका टिप्पणी गरे अब पदमा नरहेरै पनि यी आवाज उठाउँछु ।’
पछिल्लो समय राजनीतिमा खरो विषयमा आवज उठाउने र टिप्पणी गर्ने सँगै वौद्धिक छवि र राम्रो जनमत समेत बनाएका विष्टको पार्टी छोड्ने घोषणाले पार्टी भित्र तरंग पैदा भएको छ ।
कर्णालीमा माओवादी केन्द्रबाट सांसद हुँदा–हुँदै पनि गैर–सांसद छिरिङ डम्डुल लामा (कार्चेन) लाई मन्त्री बनाएको विषयमा उनको चर्को असन्तुष्टि जनाएका थिए भने पार्टीले एमसीसी विषयमा गरेको सर्मथन प्रति विरोधमा थिए ।

कर्णालीमा ५० ठाउँमा तुइन रहेको प्रारम्भिक रिर्पोट

डेंगुले सुर्खेतमा एक वर्षमै चारको मृत्यु, तीन नगरपालिका उच्च जोखिममा

न्यून ज्यालामा काम गर्न बाध्य छन् हुम्लाका श्रमिक

कर्णालीमा देउडा खेल्दै लुतो फालेर मनाइयो साउने सङ्क्रान्ति

कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा

कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा

उच्च अदालत फैसलाले कोहलपुर–सुर्खेत प्रसारण लाइन विस्तारको बाटो खुल्यो

प्रतिक्रिया