प्रचारका लागि पूर्व–पश्चिम यात्रामा ‘चिसो एष्ट्रे’को टोली

काठमाडौँ - आउँदो चैत ४ गते प्रदर्शन हुन लागेको चलचित्र ‘चिसो एष्ट्रे’ले मोफसलमा पनि प्रचार प्रसार तीव्र बनाएको छ । प्रचारलाई काठमाडौँ केन्द्रित मात्र नबनाएर फिल्मका कलाकार तथा निर्देशक मोफसल यात्रामा निस्किएका हुन् । फिल्मको टोली दुई भागमा बाँडिएर मोफसल यात्रामा दर्शकसँग साक्षात्कार गर्न निस्किएको थियो ।
निर्माता महेशबाबु तिमिल्सिनाले कलाकार, निर्माता तथा निर्देशकको टोलीले पूर्व र पश्चिममा बेग्लाबेग्लै गरी दर्शकलाई फिल्मको बारेमा जानकारी दिएको बताए । उनका अनुसार पूर्वमा सृष्टि श्रेष्ठ, निकुन श्रेष्ठ र निर्माता महेशबाबु स्वयं फिल्मको प्रचारका लागि गएका थिए भने पश्चिममा निर्देशक दिन्स पाल्पाली, कलाकार दिव्य देव र नबिन लम्साल फिल्मको बारेमा जानकारी दिन नेपालगञ्ज धनगढी जस्ता स्थानमा पुगेका थिए ।
पूर्वमा निकुन र सृष्टिले विराटनगर, इटहरी, बिर्तामोड जस्ता सहरमा कलेजका विद्यार्थीसँग अन्तक्र्रिया गर्नुका अलावा पत्रकारसँग पनि साक्षात्कार गरेका थिए ।
निर्माता महेशबाबुले फिल्मको ट्रेलरलाई लिएर दर्शकमा चासो रहेको र यसले आफूहरूले लामो समय लगाएर गरेको मेहनत सार्थक भएको महसुस गरेको बताएका थिए ।
निर्देशक दिन्स पाल्पालीले पनि आफ्नो होम टाउनमा फिल्मलाई लिएर दर्शकको उत्सुकता देखेर खुसी लागेको बताए । उनको टोलीले पनि कलेज भ्रमणसँगै नेपालगञ्ज र धनगढीमा पत्रकार भेटघाट कार्यक्रम गरेको थियो ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया