सीमाविद् बुद्धिनारायण श्रेष्ठको पुस्तक आठ भाषामा

काठमाडौँ - सीमाविद् बुद्धिनारायण श्रेष्ठको ‘इन्टरनेशनल बाउन्ड्रिज अफ नेपाल’ नामक पुस्तक आठ भाषामा प्रकाशित भएको छ । सन् २०१९ मा युरोप लातभियाको ल्याम्बर्ट एकेडमिक पब्लिशिङले प्रकाशित गरेको अंग्रेजी लिपिको पुस्तक अहिले आठ भाषा (फ्रेन्च, रुसी, जर्मन, डच, इटालियन, स्पानिस, पोर्चुगिज र पोलिस) मा अनुवाद गरी प्रकाशन गरिएको हो । पुस्तकको प्राक्कथन इन्टरनेशनल बाउन्ड्री रिसर्च युनिटका पूर्वनिर्देशक तथा डरहम विश्वविद्यालय बेलायतका प्रोफेसर मार्टिन प्राटले लेखेका छन् ।
पुस्तकमा अन्तर्राष्ट्रिय सीमा सिद्धान्त, सीमा निर्धारणका चरण, सीमा विवाद हुने कारण, विश्वका सीमा विवादित मुलुकहरू, यसको समाधानका उपाय, सीमालाई लिएर लडाइँ भएका देशहरू, विश्वका प्रख्यात सीमारेखाहरू, सीमा कूटनीति, आकाश र पातालमा पनि सीमा पुगेको हुन्छ जस्ता सैद्धान्तिक विषयवस्तु वर्णन गरिएका छन् । यसैगरी नेपालको भारत र चीनसँग सीमांकन गर्दाको सिद्धान्तको विवेचना गरिएको छ ।
अनलाइन पढ्न पाइने यस पुस्तकले नेपालको सीमा मामिला अन्तर्राष्ट्रिय क्षेत्रमा जानकारी पुर्याएको छ । नेपालको लिपुलेक–कालापानी–लिम्पियाधुरा भारतद्वारा अतिक्रमण, लिपुलेक सीमाघाँटीको कानुनसंगत अधिकार, कालापानी मामिला अन्तर्राष्ट्रियकरण, नेपाल र भारतबीच चुच्चे नक्साको लडाइँ र सीमा समस्या सौहार्दपूर्ण तरिकाले आपसी वार्ताद्वारा समाधान हुनसक्ने उपाय व्याख्या गरिएका छन् ।
नेपालको सगरमाथाप्रति चीनले दाबी गर्दा भएको समझदारी, यसको उचाइ विवाद हल भएपछि संयुक्त घोषणाका विवरण, नेपाल र चीनबीच सीमाचिन्ह नं. ५७ मा विवाद रहेको र चीनको बिआरआइ नेपालको कोरिडोरजस्ता व्यावहारिक विषयवस्तु उल्लेख भएका छन् । नेपालको छिमेकी मुलुकसँग भएका १८ सीमा सन्धि सम्झौता अनुसूचीमा सम्लग्न गरिएका छन् ।
सीमासँग सम्बन्धित बेलायतको इन्टरनेशनल बाउन्ड्री रिसर्च युनिट, अमेरिकाको एशोसियसन फर बोर्डरल्यान्ड स्टडिज, एसिया र अफ्रिकाको बोर्डरल्यान्ड रिसर्च नेटवर्कहरु र डेनमार्कमा मुख्यालय भएको इन्टरनेशलन फेडरेशन अफ सर्भेयर्सजस्ता विश्व संस्थाहरुको सीमासम्बन्धी क्रियाकलाप पनि वर्णन गरिएका छन् ।
_3CsYpTzqH0_kanizskuiuszmsip0dfjg0njycqrim0ojwd5zz4jlbgto3smak2yrwwaqg4n_oTbgrkm4up_hnsr28vb1cycbn0gevkshinwak3zaj1dqbmtitlchmiqfjtdoog2udyn6k8u.jpg)
रेलिमाईलाई दुई लाख राशिको अरनिको अन्तरराष्ट्रिय पुरस्कार

पर्या निबन्ध प्रतियोगितामा तीन उत्कृष्ट निबन्धकारलाई नगदसहित गरियो सम्मान

दशौं वातावरण साहित्य गोष्ठीमा कविता र उत्कृष्ट ३२ निबन्ध संग्रह सार्वजनिक हुने
पूर्वसचिव पाण्डेको ‘सम्झनाका फूलहरू’ बजारमा

‘नीलो प्रेम’ लिएर आए पुरुषोत्तम

तिमी यसरी आयौ

कवि तथा गजलकार सुदिम्नको ‘साहित्य शैली’ कविता तथा गजलसङ्ग्रह सार्वजनिक

प्रतिक्रिया