अवैध कारोबारमा संलग्न भएको आरोपमा ७ जना प्रहरीको नियन्त्रणमा

मकवानपुर- जिल्ला प्रहरी कार्यालय मकवानपुरले अवैध कारोबारमा संलग्न रहेको आरोपमा ७ जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रहरी प्रवक्ता एवम् प्रहरी निरीक्षक राजकुमार सापकोटाका अनुसार २ किलो २०० ग्राम लागुऔषध गाँजा सहित २ जना नियन्त्रणमा लिएको छ।
मकवानपुरको भैसें प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले मकवानपुर जिल्ला भीमफेदी गाउँपालिका –२ मा सवारी जाँचको क्रममा लागुऔषध गाँजा सहित २ जनालाई नियन्त्रणमा लिएको हो । जिल्लाको कैलाश गाउँपालिका ४ बस्ने १९ वर्षीय अमृत मोक्तान र अर्का एक व्यक्तिले लुकाई ल्याएको लागु औषध गाँजा २ किलो २०० ग्राम सहित नियन्त्रणमा लिएको हो । यसबारे थप अनुसन्धान भईरहेको निमित्त प्रहरी प्रवक्ता सापकोटाले बताए ।
यसैगरी जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौडा १० बसपार्कबाट चितवन जिल्ला राप्ती नगरपालिका ८ बस्ने २६ वर्षीय अमृत सुनार र चितवन जिल्ला खैरहनी नगरपालिका ७ बस्ने २७ वर्षीय किसन विश्वकर्मालाई लागु औषध सहित नियन्त्रणमा लिएको छ ।
उनीहरुको साथबाट डाइजेपाम १७ एम्पुल, फेनार्गन १९ एम्पुल र नुर्फिन १५ एम्पुल तथा लागुऔषध खैरो हिरोईन जस्तो देखिने पदार्थ २४० मिली ग्राम फेला पारेका छ ।
यसैगरी प्रहरीले १८० किलो लागुऔषध गाँजा सहित, पिकअप गाडी र ३ जना व्यक्तिलाई नियन्त्रणमा लिएको छ । ईलाका प्रहरी कार्यालय मनहरी मकवानपुरबाट प्रहरी निरीक्षक प्रकाश थापाको कमाण्डमा खटिएको प्रहरी टोलीले मकवानपुर मनहरी गाउँपालिका ७ को सडकखण्ड चैनपुरबाट हेटौडा तर्फ आउदै गरेको बा ७ च १६०६ नम्बरको पिकअप गाडीलाई चेकजाँच गर्ने क्रममा गाँजा र व्यक्ति सहित नियन्त्रणमा लिएको हो ।
सवारी चालक मकवानपुर हेटौडा १६ का बस्ने २९ वर्षिय बुद्धीमान वाईबा, पिकअपमा रहेका सोही स्थानका २९ वर्षिय अर्जुन स्याङतान र ३० वर्षिय बिनोद पाख्रिनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
उनीहरुको साथबाट लागुऔषध गाँजा १८० किलो फेला परेपछि अनुसन्धान भईरहेको प्रहरी कार्यालमा आज आयाेजित पत्रकार भेटमा सापकोटाले बताए ।
भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

प्रदेश सरकारद्वारा विद्यालयलाई बस प्रदान

मल्लकालीन बस्तीका स्ववासीलाई सयौँ वर्षपछि लालपुर्जा वितरण

भक्तपुर–नगरकोट सडकखण्डको १५ किलोमिटर सडक कालोपत्र अन्तिम चरणमा

काभ्रेलाई पूर्णखोप सुनिश्चित जिल्ला घोषणा
नालामा पुल भाँचियो : काठमाडौँ जाने वैकल्पिक सडक अवरुद्ध

बागमती प्रदेशसभामा आगामी आवको बजेटमाथि छलफल प्रारम्भ

प्रतिक्रिया