सिभिल बैंकको एक्सटेन्सन काउन्टर रुम्जाटार यातायात ब्यवस्था कार्यालयमा

काठमाडौँ - समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले ओखलढुङ्गा जिल्ला, सिद्धिचरण नगरपालिका, वडा नं ४ रूम्जाटार स्थित यातायात ब्यवस्था कार्यालयमा नयॉ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । उक्त एक्सटेन्सन काउण्टरको समुद्घाटन भौतिक पूर्वाधार विकास मन्त्रालयका भूतपूर्व मन्त्री अम्बिरबाबु गुरूङले गरेका थिए ।
उक्त एक्सटेन्सन काउण्टरको उद्घाटन समारोहमा उद्योग वाणिज्य महासंघका ओखलढुंगाका अध्यक्ष ज्ञानेन्द्रकुमार मास्के, रूम्जाटार यातायात ब्यवस्था कार्यालयका प्रमुख गोपाल दाहाल, सिद्धिचरण नगरपालिका वडा नं ४ का अध्यक्ष रत्न बहादुर गुरूङ, रूम्जाटार मावीका प्रधानाध्यापक गोकर्ण बहादुर बानियाँ, सिभिल बैंकका चिफ क्रेडिट बिजनेस सुमन आचार्य र प्रदेश नं. १ का प्रदेश प्रमुख राजेश ढकाललगायत सो क्षेत्रका राजनैतिक व्यक्तित्वहरू, उद्योगी, व्यवसायी, मिडियाकर्मीले तथा सर्वसाधरणको उपस्थिति रहेको थियो ।
अब त्यस क्षेत्रका सेवाग्राहीले यातायात ब्यवस्था कार्यालयसँग सम्वन्धित सम्पूर्ण कर तथा दस्तुरको भुक्तानी सिभिल बैंकको एक्सटेन्सन काउन्टर मार्फत सजिलैसँग गर्न सक्नेछन् ।
बैंकले हालसम्म करिव सात लाख ग्राहकहरूलाई ११५ शाखाहरू, ११ एक्सटेन्सन काउन्टरहरू तथा ९७ एटिएमबाट मार्फत सम्पुर्ण बैंकिङ्ग सेवा तथा सुविधाहरू प्रदान गर्दै आएको छ ।
करिव सात लाख ग्राहकहरूलाई ११५ शाखाहरू, ११ एक्सटेन्सन काउन्टर तथा ९७ एटिएमहरू मार्फत सेवा प्रदान गरिरहेको सिभिल बैंकले यस एक्सटेन्सन काउन्टर सहित ११ एक्सटेन्सन काउन्टर स्थापित गरिसकेको छ । जसमध्ये ७ वटा एक्सटेन्सन काउन्टरहरू नेपाल सरकारको कर तथा राजश्व संकलन गर्न स्थापित गरिएको हो । बैंकले हालसम्म करीव रू. ८९ अर्व भन्दा बढी निक्षेप परिचालन गरी रू. ९० अर्व भन्दा बढी कर्जा लगानी गरिसकेको छ ।

दराज नेपालद्वारा नयाँ अप्सन ‘च्वाइस’ सार्वजनिक गर्ने तयारी
_m5brk45wDd_tfrh4cuznqd3gnmwqer0yqykljytpc6p0rlom79zez0u1lljarfiuust7veg_LEjVggqqmX_1ztpvgsojvveqjdlnooanemoneikuqq0ljulbxmqo1cyibgc3khmtvlrqf9n.jpeg)
एनसेल एप प्रयोग गरी रिचार्ज गर्दा ग्राहकलाई बोनस डेटा

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा वादी सरोकार मञ्च नेपाललाई खाद्यान्न सामग्री सहयोग

दराजद्वारा फ्युचर लिडर्स प्रोग्राम २०२५ को आवेदन खुल्ला, दक्षिण एशियाका उत्कृष्ट …
पठाओ एपमा थपियो रेन्टल सेवाः कार, एसयूभी, माइक्रो र मिनीबसदेखि ठूला बससम्म …

नयाँ वर्षमा पठाओको ‘पार्सल डेलिभरी महोत्सव’

एनसेल एनएसएलः ललितपुर सिटी एफसीको ‘पावर्ड बाई’ पार्टनरमा एनसेल

प्रतिक्रिया