मलेसियाको श्रम स्वीकृति खुला गर्ने निर्णय
काठमाडाैँ – नेपाली श्रमिकको प्रमुख गन्तव्य मुलुक मलेसियाको श्रम स्वीकृति खुल्ला गर्ने निर्णय गरिएकाे छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले मलेसिया जाने श्रमिकलाई श्रम स्वीकृति प्रदान गर्ने कार्य करिब दुई वर्षदेखि रोकिएकोमा प्रचलित कानुन अनुसार पुन: सुरु गर्ने मन्त्रीस्तरीय निर्णय गरेका हुन्। मलेसियाबाट प्राप्त हुने रोजगारी गुम्न नदिन तत्काल श्रमस्वीकृति दिन थाल्ने निर्णय भएकाे मन्त्री श्रेष्ठले बताए।
मलेसिया सरकारबाट विदेशी कामदार लिन सुरु गरेसँगै नेपालले पनि श्रम स्वीकृति खुल्ला गर्ने निर्णय गरेको मन्त्रीका प्रेस संयोजक तेजप्रसाद वाग्लेले जानकारी दिए।
वाग्लेका अनुसार वैदेशिक राेजगरीमा गई मृत्यु भएका आफन्तले क्षतिपूर्ति बापत पाउने रकम स्थानीय तहबाट पाउने निर्णयसमेत भएकाे छ । क्षतिपूर्ति पाउनकाे लागि अनलाइनबाटै मृतकका आफन्तले आवेदन दिनुपर्ने छ । यसअघि मृतकका आफन्तहरु क्षतिपूर्ति रकम लिनकाे लागि वैदेशिक राेजगार बाेर्ड धाउनु पर्थ्याे ।
वैदेशिक रोजगार ऐन, २०६४ तथा नेपाल–मलेसिया श्रम सम्झौता प्रतिकुल नहुने गरी दूतावासबाट प्रमाणिकरण भएर आएका मागपत्र अनुसार श्रम स्वीकृति दिने निर्णय भएको छ। कोरोना महामारीका कारण सन् २०२० मार्चदेखि मलेसिया सरकारले विदेशी कामदार नलिने निर्णय गरेको थियो।

नर्थ क्यारोलाइनामा नेपालको शिक्षाका विषयमा अन्तरक्रिया

दुबईको सम्पदामा ‘लुम्बिनी ड्रिम गार्डेन गेष्टहाउस एण्ड रेष्टुरेन्ट’ खुल्यो

अवुधावीमा मनाइयो गणतन्त्र दिवस

भारतस्थित नेपाली दूतावासले भन्यो- भारतमा रहेका नेपालीले सुरक्षासम्बन्धी निर्द…

गैर आवासीय नेपाली सङ्घको एकता महाधिवेशन सम्पन्न

टिकटकले किशोर-किशोरीहरूको सुरक्षाका लागि नेपालमा सुरु गर्यो ‘फ्यामिली पेयर…

लन्डनको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थीकै भएको पुष्टि

प्रतिक्रिया