संस्था विभाजन उन्मुख हुनु खेदजनक : एनआरएनए

लण्डन - गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष शेष घलेले संघको निर्वाचन समिति पूर्नगठन गरि छुट्टै सम्मेलनको आयोजना गर्न लागेको प्रति संघले आपत्ति जनाएको छ ।
गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले विज्ञप्ति जारी गर्दै संघका पूर्वअध्यक्ष घलेले संघको निर्वाचन समिति पूर्नगठन गरिएको र छुट्टै सम्मेलन आयोजना गर्ने भनिएको कदमप्रति संघको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
विज्ञप्तिमा गैरआवासीय नेपाली संघको निर्वाचन यही मार्च २४ र २५ तारिख हुने तय भइसकेको अवस्थामा आपसी सहमतिबाट नै अहिलेको समस्या समाधान गर्न सकरात्मक पहल भइरहेको उल्लेख छ ।
संघले विज्ञप्ति मार्फत अन्तर्राष्ट्रिय समन्वय परिषदको ८२ औं बैठकले संरक्षक परिषद् र उच्च स्तरिय समिति भङ्ग गरिसकेको र संघको विधानले पूर्व अध्यक्षहरूलाई कुनै पनि कार्यकारी अधिकार नदिएको अवस्थामा पूर्व अध्यक्ष शेष घलेबाट चालिएका कदम विधान र संघको परम्परा विपरित भएको जनाएको छ ।
विज्ञप्तिमा शेष घलेद्वारा चालिएको वर्तमान गतिविधिहरूले सम्मानित अदालतको समेत अपहेलना भएको बताएको छ ।
संघले भनेको छ ‘शिलशिलामा केही महिना पहिले परराष्ट्र मन्त्रालयले संरक्षक परिषद्लाई निर्वाचन गराउन दिएको निर्देशनविरुद्ध दिइएको संघको रिट निवेदन उपर पाटन उच्च अदालतले संघले गठन गरेको निर्वाचन समितिले नै निर्वाचन प्रकृया अगाडि बढाउन अन्तरिम आदेश जारी गरिएको सर्वविदितै छ । पूर्व अध्यक्ष शेष घलेद्वारा चालिएको वर्तमान गतिविधिहरूले सम्मानित अदालतको समेत अपहेलना हुने हामीले महसुस गरेका छौ’ ।
विज्ञप्तिमा संघको वर्तमान जटिल अवस्थामा संघको विधान विपरित निर्वाचन गर्न/गराउन खोजी संघलाई विभाजन उन्मुख अवस्थामा पुर्याउन खोज्नु खेदजनक उल्लेख छ ।
यस्तै संघमा विभाजन ल्याउने र समाजमा फुट ल्याउने गतिविधिहरु बन्द गरी सहमतिको वातावरण बनाउनका लागि सम्वन्धित सबैलाई हार्दिक आह्वान गर्दै संघका विधान विपरीतका गतिविधिहरूमा संलग्न नहुन सम्पूर्ण राष्ट्रिय समन्वय परिषद एवं संघका सदस्यहरुलाई संघले सम्बन्धित सबैलाई आग्रह गरेको छ ।

गैर आवासीय नेपाली संघ दक्षिण सुडानको तेश्रो अधिबेशन सम्पन्न

इटहरीका गिरीको एनआएरन अष्ट्रेलियाको एनएसडब्ल्यु राज्य समन्वय परिषद् सदस्य पदमा उ…

अष्ट्रेलियाको आर्बन नेपाली समुदाय र आर्वन प्रहरी एरिया कमान्डबीच सुरक्षा सहकार्य…

एनआरएन क्यानडा अध्यक्ष पदमा उम्मेदवारी दिएका किरोज, कस्तो थियो उपाध्यक्ष हुँदाक…

चीनको कुन्मिङमा नवौँ चीन–दक्षिण एसिया प्रदर्शनी सुरु

राहदानी बनाउन स्पेनको बेनिड्रोमबाट २५२ को आवेदन

‘भूतपूर्व गोर्खाका मागबारे बेलायत सकारात्मक’

प्रतिक्रिया