एनएसएलः चितवनको प्रशिक्षकमा मेघराज केसी नियुक्त, भरत खवास मार्की खेलाडी

काठमाडौँ: अर्को महिनाबाट सुरु हुने नेपाल सुपर लिग (एनएसएल) मा सहभागी हुने एफसी चितवनले प्रशिक्षकमा मेघराज केसीलाई नियुक्त गरेको छ । त्यस्तै नेपाली राष्ट्रिय टोलीका फरवार्ड भरत खवासलाई मार्की खेलाडीका रुपमा अनुबन्ध गरेको छ ।
बिहीबार काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै दुबै पक्षले सम्झौता पत्रमा हस्ताक्षर गरे । आइएमआई समूहको स्वामित्व रहेको चितवनले शेलैश कर्मचार्यलाई सहायक प्रशिक्षक बनाएको घोषणा पनि गर्यो ।
सात फ्रेन्चाइज टिम सहभागी रहने एनएसएल काठमाडौँको दशरथ रगंशालामा बैशाख ११ देखि सुरु हुनेछ । लिगमा चितवन बाहेक विराटनगर सिटी फुटबल क्लब, काठमाडौँ रेजर्स, ललितपुर सिटी फुटबल क्लब, धनगढी एफसी, पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसीले भाग लिनेछन् ।

फुटबलर रोबर्टो कार्लोस एलओडीमा आउँदै

६ वर्षपछि नेपालगञ्ज रङ्गशालामा खेलकुदको रौनक

गणेश थापामाथिको १० वर्षे प्रतिबन्ध फुकुवा, भन्छन्- अब फेरि फुटबलको विकासमा ला…

आज नेपाल र कुबेतबिचमा फाइनल प्रतिस्पर्धा

कमल थापाले जिते टेनिस उपाधि

प्रधानसेनापति टेनिस प्रतियोगिता बैशाख २१ गतेदेखि काठमाडौँमा

गोधुली रनिङ कपको उपाधि धरान–१४ लाई

प्रतिक्रिया