श्रीमती हत्याका आरोपी सार्वजनिक
काठमाडौँ : काठमाडौँ महानगरपालिका-१४ बल्खुकी सन्तोषी श्रेष्ठ सापकोटाको हत्या उनकै श्रीमानले गरेको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी परिसर काठमाण्डौले बुधबार पत्रकार सम्मेलन गरी सन्तोषीको हत्या उनका श्रीमान् सन्तोषले गरेको जनाएको हो ।
प्रहरीले हत्यामा संलग्न सन्तोषलाई पनि सार्वजनिक गरेको छ । सन्तोष र श्रीमतीबीच सम्बन्ध राम्रो नभएको र घरयासी झैझगडाकै कारण उनले हत्या गरेको प्रारम्भीक अनुसन्धानमा खुल्न आएको प्रहरी परिसरका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक अशोक सिंहले जानकारी दिए । उनकाअनुसार सन्तोषले हत्या स्वीकार गरेका छन् । प्रहरीले सन्तोषीको मृत शरीरलाई बोरामा प्याकगरी फालेको अवस्थामा फेला पारेको थियो ।
प्रहरीले टोखा नगरपालिका–३ का सुर्य दर्शनहाईटका आशिष लिम्बुको हत्यामा संलग्न ३ जना लाई पनि सार्वजनिक गरेको छ । लिम्बुको हत्यामा संलग्न मोहम्मद कासिम मञ्सुरी, शेख अवदुल आलम र भुपेन्ँद्र कुमार शाहलाई सार्वजनिक गरिएको हो ।
उनीहरूसंग आशिषको झैझगडा भएको र त्यही रिसिइबीमा हत्या भएको प्रारम्भीक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ । प्रहरीले फागुन २९ गते टोखा मालुङको बाँसको झ्याङमा तन्नामा पोको पारी फालेको अवस्थामा आशिष लिम्बुको शब फेला पारेको थियो । दुवै घटनाका दोषी उपर अनुसन्धान अघि बढाईएको प्रहरीले जनाएको छ ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्ष पछि पक्राउ

जुवातास खेलिरहेको अवस्थामा टोखाबाट १९ जना पक्राउ

बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

म्याग्दीमा जिप खस्दा एकको मृत्यु, ४ घाइते

बालिकालाई वेश्यावृतिमा लगाएको आरोपमा गेस्ट हाउस संचालक पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

प्रतिक्रिया