अल्पमतमा कर्णाली सरकारका मुख्यमन्त्री शाही

सुर्खेत : नेकपा (एमाले)ले कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाही सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णयसँगै कर्णाली सरकार अल्पमतमा परेको छ । बुधबार एमाले संसदीय दलको बैठकले शाहीलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो । उदपि निर्णयमा माधवकुमार नेपाल समूहका सांसद उपस्थित थिएनन् ।
तत्कालीन अवस्थामा एमालेका २० र माओवादी केन्द्रका १३ सांसदको समर्थनमा शाही मुख्यमन्त्री नियुक्त भएका थिए । समथर्न फिर्ता लिएसँगै मुख्यमन्त्री शाही नेतृत्वको सरकार अल्पमतमा परेको छ । शाहीसँग अब प्रदेशसभाबाट विश्वासको मत लिने वा राजीनामा दिने विकल्प छन् । उसो त नयाँ सरकार गठनको निर्णय एमालेको माधव नेपाल समूहको निर्णयमा निर्भर रहेको छ ।
कर्णालीमा नेकपा एमालेको संसदीय दल बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय लिएपछि पार्टीको माधव नेपाल गुटले आपत्ति जनाएको छ । माधव नेपाल समूहका सांसद अमरबहादुर थापाले आफूहरूको सहमतिबिना नै डाकिएको बैठक मान्य नहुने बताए । एकतर्फी रूपमा बसेको बैठकमा वैधानिक नरहेको उनले प्रतिक्रिया दिए ।
बुधबार एमाले संसदीय दलका नेता यामलाल कँडेलको अध्यक्षतामा बसेको दलको बैठकमा केपी ओली समूहका १० जना सांसदको सहभागिता थियो । प्रदेशसभामा ४० जना सांसदमध्ये २० जना सांसद छन् ।

लागुऔषधको समस्या डरलाग्दो छ, नियन्त्रणमा लाग्नूस् : गृहमन्त्री लेखक

परराष्ट्रमन्त्री राणा र जाइकाका अध्यक्षबीच भेटवार्ता

पूर्वाधार निर्माण माओवादीको उच्च प्राथमिकतामा

अहिलेकै नकारात्मक सोचले देश बन्दैनः परराष्ट्रमन्त्री राणा

उजुरीसम्बन्धी प्रतिवेदन यथाशीघ्र बुझाउन निर्देशन

लुम्बिनीलाई खतराको सूचीमा नराख्न पहल

अर्थतन्त्र सकारात्मक बाटोमा लैजाँदै छौँ: प्रधानमन्त्री ओली

प्रतिक्रिया