अख्तियार : मरिसकेका मान्छेविरुद्ध पनि मुद्दा दायर

पोखरा- २०५१ सालको बैशाख ११ गते तनहुँ स्थित शुक्लागण्डकी नगरपालिका १६ को हिमाली प्राविको विद्यालय व्यवस्थापन समितिले निर्णय गरेर सार्वजनिक जग्गा बिक्री गरिदियो ।
साविक ढोरफिर्दी गाविसमा रहेको जग्गा विभिन्न ब्यक्तिलाई घरसारको कागज बनाई गैरकानुनी रुपमा जग्गा बेचेपछि समितिविरुद्ध उजुरी पर्यो ।
समितिका तत्कालीन अध्यक्ष याम बहादुर बानियाँ, सदस्य सचिव (प्रधानाध्यापक) याम बहादुर ठकुरी सहित ७ जना विरुद्ध उजुरी परेको थियो । समितिका सदस्यहरु घनश्याम बानिया, हरि कुमारी महत, धुन बहादुर पुलामी, ज्ञान बहादुर बानिया र खडक बहादुर बानिया सहितले १ लाख ६९ हजार रुपैयाँ लिएर सरकारी जग्गा भोगचलन गर्ने गराउने गरेको अख्तियारको अनुसन्धानबाट खुलेको छ ।
विक्रि भएको जग्गाको १ लाख ६९ हजार विगो कायम गरेर उनीहरु विरुद्ध विशेष अदालतमा मुद्धा दर्ता गरिएको हो । आरोपित मध्ये याम बहादुर, धुन बहादुर, ज्ञान बहादुर र खडक बहादुरको मृत्यु भैसकेको छ । मृत्यु भएपनि उनीहरुले भ्रष्टाचार गरेको देखिएकोले उनीहरुसँग मागदाबी लिइएको छ ।
सार्वजनिक जग्गालाई घरसारको कागजातहरु बनाई आँफैले घडेरी नम्बर कायम गरेर भोगचलन गरेको आरोपमा खरिद गर्नेहरुलाई समेत अख्तियारले आरोपी बनाएको छ । सन्त बहादुर सिजालीमगर, तिलुदेवी बराल, डोलराज आचार्य, डिल बहादुर आले, विष्णुमाया थापा, विष्णु प्रसाद लम्साल, शरण बहादुर बिक, बलराम बानियाँ, बुद्दिमाया बिक, बाबुराम बानिया, लोक बहादुर माकिम, पूर्ण बहादुर बिक र धन बहादुर बिकले विद्यालय व्यवस्थापन समितिलाई पैसा दिएर जग्गा भोग चलन गरेका थिए ।
उनीहरुलाई मतियारको रुपमा कारबाही माग गरिएको छ । भोगचलन गरिरहेकाहरुबाट जग्गाको भोग हटाई जफत गर्न माग गरिएको अख्तियार प्रबक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए । भोगचलन गरेका मध्ये लोक बहादुर, डोलराज र धन बहादुरको मृत्यु भैसकेको छ ।

सात पुल बगाउँदा डेढ करोडभन्दा बढीको क्षति
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_A3DxqOYBXA_qydzohbuqx6qc3soelnfq5co1vrusc2sapiwh0wix5cuvjp9wu5xfatfdgue_zjfVErxwTE_ghjmkierbmitu8bq5nw8udhta6uedanbq5rti2vaydqbqnbgv8gxzalpvl0a_lie23lTdps_2gab2x5qqoxl0ee26hmese5tgx7ihf6o7pdyvz5pqywb5v3cosuwvcrkgdpp_t1Fa5mJ0HD_42rvmjypzxwvba5erslu0ophk0x1afbrb51hql6pl1rq7agsdwvut45ehdfc.jpg)
बागलुङमा बाढीले कति भयो क्षति ?

ऐनापहरामा स्काइ वाक निर्माण अन्तिम चरणमा
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_A3DxqOYBXA_qydzohbuqx6qc3soelnfq5co1vrusc2sapiwh0wix5cuvjp9wu5xfatfdgue_rc0WBSrQ3y_bicqfkfdwtxyo171jxygaxdpb3agvkbbo5beapjhuxwgpi7boltnklxtt48i_x6SVpbjHXV_tng82manaw7xfltljymjpyfgpfjplglikrvvshepz737t1afg7idpepdg9sg_z2hfXYZRLh_dfxme2tdjz1robcc3mbaxqnrvahnxupht3idzyd8slwfhtmyhrx445hldcf1.jpg)
बाढीले विद्युत् आयोजनाको पावर हाउस बगायो
_sDNZqylywN_7bnyujhws3loaznqtaggf50sg1dimhaanafi5y4tnfr6kkrg3mopzylbkrew_qpHE64Illt_wm9zbgiy4bmw0byttomvlz4r3qzqyb8heijh5jndwp9mzdwqixjv1v1o1fvl.jpg)
दुर्गम गाउँबस्तीमा इन्टरनेटको पहुँच विस्तार
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_A3DxqOYBXA_qydzohbuqx6qc3soelnfq5co1vrusc2sapiwh0wix5cuvjp9wu5xfatfdgue_rc0WBSrQ3y_bicqfkfdwtxyo171jxygaxdpb3agvkbbo5beapjhuxwgpi7boltnklxtt48i_tuuM41zclY_lqr9nqucbfks76giec3h5rok1mn3cydsdhmceuw5yhhenjgwdwy0segxi28i.jpg)
बाढीले उपल्लो मुस्ताङमा चार पुल बगायो २ पुलमा क्षति

मुक्तिनाथ मन्दिरमा दर्शनार्थीमैत्री परिसर स्तरोन्नति
_JheTF96IvN_hvoljlrjhba4av9arao1qcws8og4etpxyrqbpnxx7fu0v6tclqyzmng9dr5z_nvlr0h0vtd_phc4bqwrlzknliexhx9bhlunvlo6flsdobi4tivdvvyapvhtpbh7tl5zq9cn.jpg)
प्रतिक्रिया