एलसी नखोली एक लाख डलरसम्म सामान आयात गर्न पाइने
डिएपी र डिएएमार्फत सामान आयातको सीमा बढ्यो

काठमाडौं : प्रतीतपत्र (एलसी) नखोली एक लाख अमेरिकी डलरसम्मको सामान आयात गर्न पाइने भएको छ । नेपाल राष्ट्र बैंकले डिएपी तथा डिएए माध्यमबाट सामान आयात गर्दा एक लाख डलरसम्मको सामान आयात गर्न पाउने भन्दै निर्देशन संशोधन गरेको हो ।
यसअघि गत साउन १३ मा विदेशी मुद्रा बाहिरिएको निष्कर्ष निकाल्दै राष्ट्र बैंकले एक पटकमा ५० हजार अमेरिकी डलरसम्म आयात गर्न पाउने निर्देशन जारी गरेको थियो ।
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत् डकुमेन्ट्स अगेन्स्ट पेमेन्ट (डिएपी) र डकुमेन्ट अगेन्स्ट एसेप्टेन्स (डिएए)को आधारमा हुने भुक्तानीमा सीमा निर्धारण गरिदिएसँगै विदेशी निर्यातकर्ता र नेपाली आयातकर्ताबीच हुने उधारो कारोबार कम हुने भएको हो ।
मौद्रिक नीतिमा डिएपी र डिएएसम्बन्धी व्यवस्थाअनुसार हुने आयातमा अमेरिकी डलर ५० हजारसम्मको सीमा निर्धारण गर्ने उल्लेख छ । मौद्रिक नीति आउनुअघि यस्तो आयातमा डलर सटही सुविधामा कुनै सीमा तोकिएको थिएन ।

सिरहा छोटी भन्सारको राजस्व सङ्कलनमा वृद्धि

आजको लागि विदेशी मुद्राको विनिमय दर

कजारियाको नयाँ शोरूम बनेपामा उद्घाटन

इन्फिनिक्सको १८ महिनाको वारेन्टी र निःशुल्क स्क्रीन रिप्लेसमेन्ट अफरसहित ग्राहक स…

नापतौल ठगीको कसुरमा दुई हजारभन्दा बढी कारबाहीमा

बहुगुणी अन्न कोदोः खेती गर्न किसानको अरुची

कति छ आज सागसब्जी र फलफूलको मूल्य ?

प्रतिक्रिया