कुलमान घिसिङविरुद्धको रिट खड्का र चुडालको इजलासमा
काठमाडौँ- नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्धको रिटमा मंगलबार सुनुवाइ हुँदै छ । सुनुवाइका लागि न्यायाधीशहरू मीरा खड्का र डा. कुमार चुडालको संयुक्त इजलासमा पेसी तोकिएको छ ।
प्राधिकरणकै कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले रिट निवेदक हुन् । १ भदौमा उनले वारेसमार्फत घिसिङविरुद्ध अदालतमा रिट दायर गरेका थिए ।
रिटमार्फत शाक्यले २४ साउनमा घिसिङलाई कार्यकारी निर्देशक बनाउन सरकारले गरेको निर्णयलाई उत्प्रेषणको आदेशमार्फत बदर गर्न माग गरेका छन् ।
शाक्यको पदावधि नसकी हटाउने मन्त्रिपरिषद्को निर्णय गैरकानुनी भएको जिकिर छ । उनी २७ माघ २०७७ मा कार्यकारी निर्देशक नियुक्त भएका थिए । चार बर्से अवधि भए पनि उनी ६ महिनामै उक्त पदबाट हटाइएका थिए । त्यसपछि उनी सर्वोच्च पुगेका हुन् ।
तर, उनको मागअनुसार ५ असोजमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले कार्यकारी निर्देशक पदबाट हटाउने सरकारको निर्णय बदर भने गरेन । कारण देखाउ आदेश मात्रै जारी गरेको थियो ।

मध्यरातमा सर्वोच्चको फैसला : संवैधानिक आयोगका ५२ पदाधिकारीविरुद्ध परेको रिट …

६० किलो सुन तस्करी प्रकरण : अमला रोकालाई धरौटीमा छाड्न आदेश

उच्च अदालतका लागि ४ न्यायाधीश सिफारिस

न्यायाधीशलाई मोसो दल्नु न्यायपालिकामाथि आक्रमण : न्यायाधीश समाज

राजावादीको तीनकुने घटना : दुर्गासहित ७ जना थुनामा, ३२ जना धरौटीमा रिहा (…

सर्वोच्चले ५२ संवैधानिक पदाधिकारीविरुद्धको निर्णय असार १८ गते सुनाउने
आयोगले एकैसाथ तीन मुद्दा दायर गर्यो

प्रतिक्रिया