देश चिनाउन सांस्कृतिक फोटो पुस्तक
काठमाडौं : सांस्कृतिक संस्थानले आफ्नो कार्यक्षेत्र अर्थात् प्रदर्शनकारी कलाको परिधिभित्र रहेका विभिन्न पक्षलाई समेटेर सांस्कृतिक फोटो पुस्तक प्रकाशन गर्ने भएको छ । राजधानीमा सोमबार पत्रकार सम्मेलन आयोजना गरी यससम्बन्धी जानकारी दिइएको हो ।
संस्थानले आगामी २०७९ असार ५ गते ५०औं वार्षिकोत्सव मनाउँदै छ । यस अवसरमा संस्थानले प्रदर्शनकारी कलासँग जोडिएका विभिन्न पक्षजस्तै मौलिक भेषभूषा, गरगहना, जीवनशैली, रहनसहन, रीतिरिवाज, संस्कार, चाडपर्व, जात्रा, जातीय एवं सांस्कृतिक महत्वका विभिन्न फोटोहरू समेटेर सांस्कृतिक फोटो पुस्तक प्रकाशन गर्न लागेको हो ।
स्वर्ण महोत्सवको अवसरमा प्रकाशन हुने फोटो पुस्तकका लागि संस्थानले फोटो आह्वान गरेको छ । यसका लागि सांस्कृतिक संस्थानको वेबसाइट www.sanskritiksansthan,org,npमार्फत देशविदेशबाट जो सुकैले फोटो पठाउन सक्ने व्यवस्था गरिएको छ । प्राप्त फोटोमध्ये निर्णायक समितिको छनोटका आधारमा लगभग तीन सय फोटोहरू पुस्तकमा समेटिने भएको छ । त्यसमध्ये उत्कृष्ट १० फोटोलाई जनही १०।१० हजार रुपैयाँ पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिनेछ । पुस्तकमा समेटिएका सबै फोटोग्राफरलाई एकएकप्रति फोटो पुस्तक एवं प्रमाणपत्र प्रदान गरिनेछ ।
फोटो छनोटका लागी संस्थानले नेपाली फोकलोर सोसाइटीका अध्यक्ष एवं वरिष्ठ संस्कृतिविद् प्रा. तुलसी दिवस, वरिष्ठ फोटोग्राफर राजभाई सुवाल र वरिष्ठ फोटोपत्रकार विकास कार्कीसम्मिलित निर्णायक समिति गठन गरेको छ । कार्यक्रममा संस्कृतिविद् प्रा. तुलसी दिवसले यस कार्यको प्रशंसा गर्दै नेपालको लोकसांस्कृतिक पक्षलाई मात्र समेटेर प्रकाशन हुने सम्भवतः यो पहिलो फोटो पुस्तक हुने बताए । प्रतियोगितामा सहभागी इच्छुक फोटोग्राफरले २०७८ चैत २५ गतेभित्र फोटो पठाइसक्नु पर्ने व्यावस्था गरिएको छ ।
पत्रकार सम्मेलनमा सांस्कृतिक संस्थानका महाप्रबन्धक अशोकप्यासी राईले यो पुस्तक नेपालको सांस्कृतिक विविधतालाई विश्वमाझ चिनाउन महत्वपूर्ण सामाग्री हुने बताए । वरिष्ठ फोटोग्राफर राजभाई सुवालले आफ्नो चारदशक लामो फोटोग्राफी अनुभव सुनाउँदै सांस्कृतिक संस्थानले प्रकाशन गर्न लागेको सांस्कृतिक फोटो पुस्तक समय र बदलिँदो संस्कृतिको साँक्षी हुने बताए ।
अर्का निर्णायक विकास कार्कीले पुस्तक ऐतिहासिक र नेपाली लोकसंस्कृति संरक्षणका कोसेढुँगा हुने बताए । सांस्कृतिक संस्थान स्थापना कालदेखि नै नाटक, गीत, संगीत, वाद्यवादन, नृत्यका साथै समग्र नेपाली लोकसंस्कृतिको संस्थागत विकास, संरक्षण, प्रवद्र्धन, प्रस्तुति एवं दस्ताबेजीकरणका क्षेत्रमा क्रियाशील छ । ‘पछिल्लो समय संस्थानमा नयाँ सोच र शैलीका साथ परिणाममुखी काम भइरहेको छ’, संस्थानका महाप्रबन्धक अशोकप्यासी राईले भने, ‘५०औं वार्षिकोत्सव सांस्कृतिक संस्थानका लागि नयाँ युगको प्रवेशद्धार हुने छ ।’
_3CsYpTzqH0_kanizskuiuszmsip0dfjg0njycqrim0ojwd5zz4jlbgto3smak2yrwwaqg4n_oTbgrkm4up_hnsr28vb1cycbn0gevkshinwak3zaj1dqbmtitlchmiqfjtdoog2udyn6k8u.jpg)
रेलिमाईलाई दुई लाख राशिको अरनिको अन्तरराष्ट्रिय पुरस्कार

पर्या निबन्ध प्रतियोगितामा तीन उत्कृष्ट निबन्धकारलाई नगदसहित गरियो सम्मान

दशौं वातावरण साहित्य गोष्ठीमा कविता र उत्कृष्ट ३२ निबन्ध संग्रह सार्वजनिक हुने
पूर्वसचिव पाण्डेको ‘सम्झनाका फूलहरू’ बजारमा

‘नीलो प्रेम’ लिएर आए पुरुषोत्तम

तिमी यसरी आयौ

कवि तथा गजलकार सुदिम्नको ‘साहित्य शैली’ कविता तथा गजलसङ्ग्रह सार्वजनिक

प्रतिक्रिया