ऋचा र भोलाको 'कौसीद' जेठ २७ मा

अभिनेत्री ऋचा शर्मा स्टारर फिल्म 'कौसीद'ले अफिसियल पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको छ । सोमबार सार्वजनिक पोस्टरमा आगामी जेठ २७ (जुन १०) लाई प्रदर्शन मिति तोकिएको छ । हालसम्म उक्त मितिमा प्रदर्शन तोकेको यो पहिलो नेपाली फिल्म हो ।
'कौसीद' पोस्टरमा अभिनेत्री शर्मा पैसालाई अंगाल्दै देखिन्छिन् । वित्तिय ऋणको प्रभावमा परेको परिवारको कथा बोल्ने फिल्मको केन्द्रीय द्वन्द्व पैसाकै वरिपरी घुमेको पोस्टरले भान दिन्छ ।
कुमार भास्करको निर्देशनमा बनेको फिल्ममा ऋचासँगै भोलाराज सापकोटा, रुपेश दाहाल, परिक्षित विक्रम राणा, सदिक्षा गौतम, निर्भिक भट्टराई र सागर भट्टराई मुख्य भुमिकामा छन् । केदार भुसालको निर्माणमा तयार भएको यो फिल्मको कार्यकारी निर्मातामा दिमेश श्रेष्ठ तथा सह-निर्मातामा लक्ष्मण बानियाँ रहेका छन् ।
फिल्मको कथा लेखन नव विजय प्रकाश श्रेष्ठ र धिर्जन थपलियाले गरेका छन् । निसाल पौडेलले छायांकन गरेको फिल्ममा मित्र डि. गुरुङ र भिम विश्वकर्माको सम्पादन रहेको छ । बड पिक्चर्सको ब्यानरमा फिल्म 'कौसीद' निर्माण भएको हो ।
गत वर्ष २०२२ को अवसरमा निर्माण घोषणा गरिएको यो फिल्मको कोरोना महामारीको बीच निर्माण सम्पन्न भएको थियो । हाल पोष्ट प्रोडक्सनको काम सम्पन्न भई फिल्म प्रदर्शनको लागि तयार भएको हो । आर आर फिल्मस् ले फिल्मको वितरण अधिकार लिएको छ ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया