आइतबार २५ जेठ, २०८२
Sunday, June 08, 2025

विनोद चौधरीको आत्मकथा मंगोलियन भाषामा

काठमाडौँ– ख्यातिप्राप्त उद्योगपति एवं फोर्ब्समा सूचीकृत नेपालका एकमात्र अर्बपति विनोद चौधरीको आत्मकथा अंग्रेजी संस्करण ‘मेकिङ्ग इट बिग’को मंगोलियन अनुवाद प्रकाशन भएको छ । उक्त प्रकाशनको आज एक कार्यक्रम बीच सार्वजनिक गरिएको छ । 

चौधरीको आत्मकथा पाँच भाषा (नेपाली, अंग्रेजी, रुसी, हिन्दी तथा मंगोलियन) मा प्रकाशन भएको छ ।

मंगोलियन भाषाको पुस्तक सार्वजनिक गर्दै चौधरीले कथा वा विषयवस्तु जेसुकै भएपनि आम पाठकसम्म नपुगेसम्म त्यसको अर्थ नहुने भन्दै विद्यार्थी, नीतिनिर्माता, प्राध्यापक, सार्वजनिक पुस्तकालय र विश्वविद्यालयसम्म आम रूपमा पुस्तक सहज उपलब्ध गराउन राम्रो वितरण सञ्जाल तयार गरेकोमा मंगोलियन प्रकाशकलाई धन्यवाद दिए । 

उनले निकट भविष्यमा मंगोलिया भ्रमण गरी पुनः पाठकहरूसँग अन्तर्क्रिया गर्ने वचनवद्धता समेत गरेका छन् ।  विनोद चौधरीको आत्मकथा पहिलोपटक २०६९ सालमा प्रकाशन भएको थियो ।