साउदी विदेशमन्त्रीले गरे राष्ट्रपति र प्रधानमन्त्रीसँग शिष्टाचार भेट

काठमाडौँ - नेपाल भ्रमणमा रहेका साउदी अरबका राजकुमार तथा विदेशमन्त्री फैजल विन फरहान अल साउदले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटवार्ता गरेका छन् ।
उनले राष्ट्रपति कार्यालय शितल निवास पुगी राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेट गरेका थिए ।
‘सो अवसरमा दुई देशबीच रहिआएको सम्बन्ध, आपसी हित र चासेका विषयमा छलफल भयो,’ भेटपछि राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
राष्ट्रपतिलाई भेटिसकेपछि उनले प्रधानमन्त्री देउवासँग भेट गरेका थिए । प्रधानमन्त्री देउवासँगको शिष्टाचार भेटमा द्विपक्षीय हितका विषयमा कुराकानी भएको बताइएको छ ।
नेपालको दुई दिने भ्रमणको सिलसिलामा साउदी विदेशमन्त्री साउद सोमबार काठमाडौं आइपुगेका थिए । उनी मंगलबार बिहान नेपाल–साउदी उच्चस्तरीय द्विपक्षीय बैठकमा सहभागी भएका थिए । उनी मंगलबार स्वदेश फर्कने छन् ।

प्रधानमन्त्रीसँग नेपालका लागि जापानी राजदूतको शिष्टाचार भेट

मन्त्री यादव र नेपालका लागि जापानका राजदूत तोरुबीच भेटवार्ता

परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता

परराष्ट्रमन्त्री र मल्दोभाका उपप्रधानमन्त्रीबीच भेटवार्ता

परराष्ट्रमन्त्रीद्वारा युक्रेनका विदेशमन्त्रीसँग वार्ता :युक्रेनी सेनाको कब्जामा रह…
परराष्ट्रमन्त्री डा राणा नयाँ दिल्लीमा, भारतीय विदेशमन्त्रीसँग भेट्ने

प्रधानमन्त्री र इजिप्टका राष्ट्रपतिबीच टेलिफोन संवाद, विपिनको रिहाइका लागि आग्रह

प्रतिक्रिया