‘प्रेमगन्ज’सँगै रिलिज हुने भयो ‘कृष्णलीला’

काठमाडौँ - दिनहुँ नयाँ फिल्मले प्रदर्शन मिति घोषणा गरिरहेका छन् । चलचित्र संघले एक हप्तामा एउटा मात्र फिल्म रिलिज गर्न सकिने नियम बनाए पनि निर्माताले अटेर गर्न थालेका छन् । एकै हप्ता दुई दुई नेपाली फिल्मले प्रदर्शन मिति बुक गर्न थालेका छन् । यसमा पनि खासगरि भदौमा चाप देखिएको छ ।
भदौ १० मा अल्लि पहिले ‘पानीफोटो’ले प्रदर्शन हुने घोषणा गरेको थियो तर यसको केही दिनपछि ‘प्रकाश’ले पनि यही मितिमा आउने घोषणा गर्यो । फेरि भदौमा नै थप दुई फिल्म एकै मितिमा आउने भएका छन् । ती फिल्म हुन् ‘प्रेमगन्ज’ र ‘कृष्णलीला’ ।
‘कृष्णलीला’ले मंगलबार नयाँ पोस्टर जारी गर्दै आउँदो वर्षको भदौ ३ लाई बुक गरेको हो । यसअघि नै सोही मितिमा ‘प्रेमगन्ज’ले आउने घोषणा गरिसकेको छ । दीपक वलीको निर्देशन रहेको ‘कृष्णलीला’मा पुष्प खड्का र श्रद्धा क्षेत्रीको मुख्य भूमिका रहेको छ । यसैगरि ‘प्रेमगन्ज’मा बेनिशा हमालले तेज गिरीसँग रोमान्स गरेकी छिन् ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया