संक्रमणमुक्त हुँदै मनोज गजुरेल

काठमाडौं : कलाकार मनोज गजुरेलको स्वास्थ्य अवस्था चिन्ताजनक नरहेको चिकित्सक रवीन्द्र समीरले इकागजलाई जानकारी गराएका छन् । उनले बाहिर समाचार आए जस्तो गम्भीर अवस्था नरहेको जानकारी गराए । उनले शुक्रबार बिहान मात्र गजुरेलसँग कुराकानी गरेकाे जानकारी गराउँदै अक्सिजन लेबल थोरै कमी भएका कारण आइसियुमा राखिएको जानकारी गराए । ‘एकदम सिरियस भनेर समाचार आयो । त्यस्तो होइन । छातीमा हावा भरिएको छ । दुई तीन दिनमा ठिक हुन्छ,’ समीरले भने ।
मनोज गजुरेलले गत कात्तिक १० गते आफूलाई कोभिड-१९ पोजेटिभ भएको सामाजिक सञ्जालमार्फत् जानकारी गराएका थिए । त्यसयता घरमै आइसोलेसनमा रहेका गजुरेललाई छातीमा समस्या देखिएपछि बुधबार सशस्त्र प्रहरीको बलम्बूस्थित अस्पताल भर्ना गरिएको थियो । बिहीबार साँझबाट उनलाई सघन उपचार कक्षमा सारिएको थियो ।
सिस्नुपानी नेपालका अध्यक्ष लक्ष्मण गाम्नागेले पनि निमोनियाको लक्षण देखिएकाले सघन कक्षमा राखिएको जानकारी गराए । ‘फोक्सोमा पानी र हावा देखिएको थियो । तर अवस्था सामान्य रहेको जानकारी पाएको छु,’ गाम्नागेले भने । गाम्नागेका अनुसार मनोज गजुरेलको माइलो दाइ धीरेन्द्र गजुरेल पनि कोभिड-१९ पोजेटिभ देखिएका थिए । ‘एकै घरमा बस्ने दाजुलाई मनोजले नै अस्पताल ल्याउने पुर्याउने गरेका थिए । त्यही क्रममा सर्यो कि भन्ने हाम्रो अनुमान छ,’ गाम्नागेले भने ।

‘ट्रासफर्मिङ नेपाल : ब्यालेन्सिङ ग्रोथ विथ इक्विटी’ नामक पुस्तक सार्वजनिक

पपगायिका पेरीसँग क्यानडाका पूर्वप्रधानमन्त्री ट्रुडो डेटमा

तमिल पावरस्टार श्रीनिवासन ठगी मुद्दामा प्रकाउ

बलिउड अभिनेता राजकुमार रावले गरे अदालतमा आत्मसमर्पण

अष्ट्रेलियाको अर्बनमा रामजी र शान्तिरानीले तीजमा नचाउँने

जेबिएस क्रियशनको नयाँ तीज गीत ‘रेलिमै’ सार्वजनिक (भिडियोसहित)

एक दशकपछि गायक शक्ति लामाको ‘सल्लाघारी….’ मार्फत भावनात्मक पुनरागमन (भिडियो)

प्रतिक्रिया