दैलेख एमालेकाे अधिवेशन आज, पुनः मतदान जारी

दैलेख- नेकपा एमाले दैलेखको सातौं अधिवेशनअन्तर्गत बुधबार पुनः अधिवेशन सुरू भएको छ । गत पुसका लागि तय भएकाे अधिवेशनमा प्रतिनिधिको संख्याभन्दा ३१ मत बढी भेटिएपछि स्थगित भएको थियो ।
बिहान आठ बजे सुरू भएको मतदान कार्यक्रम शान्तिपूर्ण रहेकाे नेकपा एमाले कर्णाली प्रदेश अध्यक्ष विनोदकुमार शाहले बताए । उनले भने, ‘मतपरिणाम आजै आउने छ ।’
अधिकांश स्थानीय तहबाट भूगोलतर्फका जिल्ला कमिटी सदस्यहरू सर्वसम्मत समेत भइसकेका छन । दैलेखमा जिल्लाभरबाट प्रतिनिधि (मतदाता)संख्या सात सय २१ रहेको छ । अघिल्लो पटककाे मतदानमा सात सय १७ मत खसेको थियो । तर, मतपेटिका खोलेर गन्दा सात सय ४८ मत भेटिदा मतगणना रद्द गरिएको थियो ।
नेकपा एमाले दैलेखको अध्यक्षका लागि क्षेत्र नम्वर २ बाट सूर्यबहादुर शाही रहेका छन् भने क्षेत्र नम्वर १ बाट निवर्तमान अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य रवीन्द्रराज शर्मा रहेको अध्यक्ष शाहले जानकारी दिए ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया