कांग्रेसले वडा तहका पदाधिकारी तथा सदस्यलाई जिम्मेवारीविहीन जगेडामा बस्न नदिने

काठमाडौँ - नेपाली कांग्रेसले वडा समितिका कोही पनि पदाधिकारी तथा सदस्यलाई जिम्मेवारी विहीन नबनाउने भएको छ ।
विधानमा गरिएको व्यवस्था कार्यन्वयन गर्न कांग्रेस केन्द्रीय कार्यलयले गरेको परिपत्रमा कोही पनि कार्यसमितका सदस्य जिम्मेवारी विहिन बस्न नहुने बताएको हो ।
विधानले तोकेको कार्यसमितिका पदाधिकारी र सदस्यको काम कर्तव्य र अधिकार प्रभावकारी ढंगले कार्यन्वयन गर्न गाउँपालिका वडाको हकमा विधानको धारा ६(५)(ग) र नगरपालिकाको हकमा विधानको धारा ७(५)(ग) ले दिएको अधिकार प्रयोग गरी नियमावलीको नियम २२ उपनियम(२) बमोजिम सभापतिले अबिलम्ब कार्यसमितिका पदाधिकारीको कार्यविभाजन गरी जिम्मेवारी तोक्ने उल्लेख छ ।
वडा कार्यसमितिले कार्ययोजना बनाइ कुनै पनि सदस्यलाई खाली हात हुन नदिने गरी आवश्यकता अनुसार जिम्मेवारी प्रदान गर्न परिपत्र गरिएको हो ।
कार्यसमितिका कुनै सदस्यलाई वडाबाट जागिर, पढाइका सिलसिलामा बाहिर रहेका व्यक्तिहरुको अभिलेख राख्ने सम्पर्क समन्वय तोक्ने जिम्मेवारी अनिवार्य दिन पनि केन्द्रीय कार्यलयले निर्देशन दिएको छ ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया