महोत्तरीका ८० प्रतिशत पालिकामा जित्छौँ : महोत्तरी कांग्रेस सभापति यादव

महोत्तरी- नेपाली कांग्रेस महोत्तरीका सभापति नागेश्वर यादवले आगामी स्थानीय तहको निर्वाचनमा ८० प्रतिशत पालिकामा जित्ने दाबी गरेका छन् । अघिल्लो निर्वाचनमा भन्दा कांग्रेसको संगठनिक अवस्था निक्कै बलियाे भएकाले महाेत्तरीका १५ मध्ये १२ भन्दा बढी स्थानीय तहमा बहुमत आउने उनले दाबी गरेका छन् ।
क्षेत्र नम्वर १ महोत्तरीले आज आयोजना गरेको होली विशेष कार्यक्रमलाई सम्बाेधन गर्ने क्रममा उनले यस्ताे दाबी गरेका हुन् । उनले बाहिर सार्वजनिक भए जस्ताे महाेत्तरी कांग्रेसमा कुनै तिक्तता नरहेको पनि जिकिर गरे ।
जिल्ला कमिटी सदस्य विनोद बरालले स्थानीय तह निर्वाचनकाे टिकटप्रति लक्षित गर्दै कुनै पनि व्यक्ति बलियो नभएको र सांगठनिक संरचना बलियो भए मात्र व्यक्ति बलियो हुने बताए । `कुनै पनि व्यक्ति आफू बलियो छु भनेर नसोचौँ पहिला संगठनलाई दरिलो बनाऔँ ।´ उनले भने ।
उम्मेदवारहरूको विषय टुंग्याउन पार्टीले केन्द्रीय सदस्य श्याम घिमिरेलाई खटाएको छ । होलीपछि नै चुनाव लक्षित कार्यक्रम र उम्मेदवारको बिषयमा ध्यान दिने नेता घिमिरेको भनाइ छ ।
पार्टीले गठबन्धनको बिषयमा निर्णय गरेर सोहीअनुसार अगाडि बढ्ने नेता घिमिरेकाे भनाइ छ । बर्दिबास नगरपालिकाका युवा नेता प्रल्हाद घिमिरेले भने गठबन्धनको कुनै औचित्य नभएको बताए ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया