शान्ति प्रक्रिया जोगाउन व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन- अध्यक्ष दाहाल

काठमाडौँ - नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति प्रक्रिया, गणतन्त्र, सङ्घीयतालगायत प्राप्त उपलब्धिको रक्षाका लागि व्याख्यात्मक घोषणासहित एमसीसी सम्झौता अनुमोदन गर्नुपरेको प्रष्टीकरण दिएका छन् ।
उपत्यका विशेष, सम्पर्क समन्वय र प्रवास प्रदेश समितिको राजनीतिक–वैचारिक प्रशिक्षणलाई सम्बोधन गर्दै उनले यस्तो बनाएका हुन् ।
`एमसिसी सम्झौता संसद्बाट अनुमोदन नगराउनका लागि हरसम्भव प्रयत्न गरियो, एउटा यस्तो विन्दुमा पुगियो कि, एमसीसी सम्झौता अनुमोदन नगरी अगाडि नजाने अवस्था आइपुग्यो`, उनले भन्यो, `शान्ति प्रक्रिया धरापमा पर्ने, प्राप्त उपलब्धि गुम्ने खतरा आएपछि जोखिम मोलेर व्याख्यात्मक घोषणासहित एमसिसी सम्झौता अनुमोदन गरिएको हो ।`
बढी क्रान्तिकारी हुन खोज्दा प्राप्त उपलब्धि गुमेको विगत स्मरण गर्दै अध्यक्ष दाहालले एमसीसीलाई अगाडि नबढाउँदा मुलुक राजनीतिक सङ्कटमा फस्ने अवस्थामा पुगेको चित्रित गरे ।
`नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति नदिएर, रामराजाप्रसाद सिंहलाई राष्ट्रपतिका रूपमा अगाडि सारेर तथा तत्कालीन प्रधानसेनापति रुक्माङ्गत कटुवाललाई कारबाही गरेर क्रान्तिकारी बन्न खोजियो`, आफ्नो पहिलो कार्यकालको समीक्षा गर्दै उनले भने, `घटनाक्रमले बहुमतको सरकार पनि गयो, संविधान पनि बनेन, एमसीसी अगाडि नबढाउने निर्णय गरेको भए प्राप्त उपलब्धि पनि गुम्ने अवस्था थियो ।` रासस

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया