मिथिलाको पर्यटकीय र व्यवसाय प्रवर्द्धनका लागि महोत्सव

जनकपुरधाम - जनकपुरधामसहित मिथिला क्षेत्रको पर्यटकीय र व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्यले सप्ताहव्यापी श्री मिथिला महोत्सव आयोजना हुने भएको छ।
आइडिया पिक्सलको आयोजना र जनकपुरधाम उद्योग वाणिज्य संघको सह आयोजनमा जनकपुरधामको बारह विग्घा मैदानमा चैत २४ गतेदेखि ३० गतेसम्म हुन लागेको सो मिथिला महोत्सवमा पर्यटकीय क्षेत्रसहित स्थानीय उत्पादनको संरक्षण, प्रवर्द्धन र विकासको उद्देश्य रहेको जनाइएको छ ।
महोत्सवमा सातै दिन भारत सहित नेपाल तथा मिथिला क्षेत्रका चर्चित कलाकार र गायकहरुको प्रस्तुतिमा सांस्कृतिक कार्यक्रम, मधेशका प्रमुख खेल पहलमानीका साथै झुला लगायका विभिन्न मनारोञ्जनात्मक कार्यक्रमहरु आयोजना गरिने र महोत्सवको अनुमानित लागत ९४ लाख रुपैया रहेको आयोजक संस्था आइडिया पिक्सलका अध्यक्ष पवनराज जोशीले बुधवार एक पत्रकार सम्मेलन आयोजना गरी जानकारी दिएका छन ।
उक्त महोत्सवमा जनकपुरधामका ठुला, मझौला र साना उद्योगका उत्पादन सहित स्थानीय उत्पादनको ग्राहयता हुनेगरी स्थानीय उद्योगी व्यवसायीहरुको सयौं स्टल राखिने जनकपुरधाम उद्योग बाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले बताए ।
उनले भने, 'यो महोत्सवले यहाँका धार्मिक पर्यटकीय क्षेत्र सहित स्थानीय उद्योगी व्यवसायी र उत्पादनको विकास तथा प्रवर्द्धन हुनेछ । महोत्सवमा जनकपुरधामसहित मिथिला क्षेत्रका पर्यटकीय स्थल तथा देवी देवताहरुको अवलोकन गर्ने फोटो प्रदर्शनी समेत गरिने आयोजकले जानकारी दिएका छन ।
महोत्सवमा सन्दिप क्षेत्री, शिव परियार, सुगम पोखरेल, कमल खत्री, अनिल सिंह, प्रमोद खरेल, शुनिल पण्डित सहित नेपाल तथा मिथिलाका प्रमुख कालाकारहरुको प्रस्तुति हुने अध्यक्ष जोशीले जानकारी दिए ।

अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमनमा वृद्धि
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_vWlqEt9FLr_ec9pqixly1kgom3ep2pjtrnfptdza4bnvbibnyn3jpwdihb0cwcohw3fjvyo_bsHVOqRRnI_n6xegkogtx2wdbmmc8jethyg8exid1cgpgdrrboptss1yv9zfc4ze15hprgo_mSTxVGeqDv_y8gpqmkdh8vjgulqnbhqchqj03mhmipvaw5wluibfxbxuruoa5ae6zadcgdt_uY2rIcEa8A_r2th7phpsfrxfx9jhwvapamg6eafqqy6yna9uyfkejgenggny6azvttzh7bc.jpg)
कञ्चनजङ्घा पदमार्गको पुल बाढीले बगायो

ठमेलमा ‘पर्यटन सूचना केन्द्र’ स्थापना

शुक्लाफाँटा निकुञ्जमा सफारी बन्द

ढाक्मरका राताम्मे पहाड र गुफाले पर्यटक लोभ्याउँदै

किन सडक मार्गबाटै ल्याइयो हेलिकप्टर ?

नागरिक उड्डयन प्राधिकरणको संरचनागत सुधार अपरिहार्यः विज्ञहरु

प्रतिक्रिया