धनगढीमा महिला गोल्डकप हुने

कैलाली- नयाँ बर्षको अवसर पारेर धनगढीमा सुदुरपश्चिम प्रदेश प्रथम मुख्यमन्त्री वनदेवी युवा क्लब (बिवाइसी) महिला गोल्डकप फुटबल प्रतियाेगिता आयोजना हुने भएको छ । आयोजक वनदेवी युवा क्लबले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा गोल्डकप आयोजना गरिने जनाएकाे हाे ।
यहि बैशाख ३ गतेदेखि १० गतेसम्म धनगढी स्थित रंगशालामा गोल्डकपको आयोजना गरिने प्रतियोगिता संयोजक दुर्गा अधिकारीले बताए । उनले नेपाल बाहेक भुटान र भारतबाट समेत महिला टिमलाई सहभागिता गराउने तयारी भैरहेको जानकारी दिए ।
प्रतियोगितामा विभागीय टिम सहित ८ देखि १० क्लबको सहभागिता रहने संयोजक अधिकारीले बताए । क्लबका अध्यक्ष सुसन जोशीले गोल्डकपको बिजयी टिमले ट्रफी सहित नगद ५ लाख र उपबिजेताले ट्रफी सहित २ लाख ५० हजार रुपैया पुरस्कार राशी प्राप्त गर्ने बताए ।
प्रतियोगितामा म्यान अफ दी म्याचलाई ५ हजार, त्यस्तै विभिन्न बिधाका उत्कृष्ट खेलाडीलाई १० हजार र प्रतियोगिता भरी उत्कृष्ट हुने खेलाडीले नगद ५० हजार रुपैया प्राप्त गरिने आयोजक क्लबका अध्यक्ष जोशीले बताए । महिला गोल्डकप संचालनका लागि करिब १ करोड रुपैया खर्च लाग्ने अध्यक्ष जोशीले बताए ।

पुर्चौडी कार्यपालिका सदस्य लुहारको निधन

वर्षौंदेखि अधुरा रहेका चार पुल निर्माण अन्तिम चरणमा

बाम्का बजार आगलागी : राहत वितरण गर्न बुढीगङ्गानगर प्रमुख बानियाँको संयोजकत्वम…

बजेट अभावले पुल निर्माणको काम प्रभावित

बाजुरा आगलागीः ३५ पसलमा आठ करोड बढीको क्षति

बाम्का बजार आगलागी घटना : पीडितलाई राहत उपलब्ध गराउन सरकारसँग माग

प्रतिक्रिया