सामूहिक प्रयासले जित : रोहित शर्मा

इन्डियन प्रिमियर लिग (आइपीएल) को पहिलो क्वालिफायरमा दिल्ली क्यापिटल्सलाई पराजित गरेपछि मुम्बई इन्डियन्सका कप्तान रोहित शर्माले सामूहिक प्रयासले जित सम्भव भएको प्रतिक्रिया दिएका छन् । बिहीबार सम्पन्न खेलमा मुम्बई ५७ रनले विजय भएको थियो ।
छैटौं पटक आइपीएलको फाइनलमा स्थान बनाउने क्रममा मुम्बईले दिल्लीलाई हराउन धेरै कसरत गर्नु परेन । खेलपछि विश्लेषकहरुले मुम्बईले दिल्लीविरुद्व प्रतियोगिता भरकै उत्कृष्ट प्रर्दशन गरेको जनाएका छन् । कप्तान शर्मा पनि त्यसमा सहमत देखिए । 'सायद यो हाम्रो प्रतियोगिता भरकै उत्कृष्ट प्रर्दशन थियो । दोस्रो ओभरमै विकेट गुमाएपछि हामीले सम्हालिएर खेल्यौं । त्यसपछि हाम्रो लय झन बलियो भयो । हामी बलिङ र ब्याटिङ दुवैमा बलियो थियौं,' शर्माले खेलपछि भने, 'हामी स्पष्ट योजनाका साथ मैदानमा उत्रिएका थियौं । जसमा हामी सफल भयौं ।'
उनले टेन्ट्र बोल्ट र जसप्रित बुमराहको बलिङको पनि प्रशंसा गरे । साथै घाइते भएका भनिएका बुमराहको अवस्था ठिकै रहेको पनि जानकारी दिए । 'प्रतियोगिताकै सबैभन्दा ठुलो खेल आउँदैछ । हामीसँग तयारीका लागि ३-४ दिन छ । त्यसकारण पनि उनी ठिक हुन जरुरी छ । उनी फाईनलका लागि तयार हुनेछन् भन्ने हाम्रो विश्वास छ,' शर्माले थपे ।
उता पराजित दिल्लीका कप्तान श्रेयस ऐरले खेलमा मुम्बईको मध्यक्रममा खेलिरहेका दुई ब्याट्सम्यानको विकेट लिए पनि खेलमा थप दबाब सिर्जना गर्न नसकेको स्वीकार गरेका छन् । 'हामीले बलियो सुरुवात गरेको हो । उनीहरुले १३ या १४ ओभरमा ११० रन मात्र बनाउन सकेका थिए । तर हामीले त्यस्तो अवस्थाको फाइदा उठाउन सकेनौं । हामीले त्यतिबेला दुई विकेट त लियौं तर मुम्बईको थप क्षती गर्न सकेनौ' ऐरको प्रतिक्रया थियो ।

असियन अल स्टार्ससँग म्यानचेस्टर युनाइटेड पराजित

जियो हटस्टारले किन्यो भारत-इंग्ल्याण्ड सिरिजको डिजिटल अधिकार

राष्ट्रिय कुराँस प्रतियोगिता जेठ १६ मा

प्रथम कञ्चनजंघा क्रिकेट प्रतियोगिता : पथरीशनिश्चरे र दमक विजयी

लिभरपुलको विजय यात्राको भिडमा कार कुदाइयो, ४७ जना समर्थक घाइते

अब पाँच चौकाले बनाउनेछ कोहलीलाई १२०० चौका हान्ने पहिलो एसियन क्रिकेटर

शुभमन गिल भारतीय टेस्ट टिमको नयाँ कप्तान

प्रतिक्रिया