शनिबार २१ असार, २०८२
Saturday, July 05, 2025

क्षतिपूर्तिका लागि प्रदेश सरकारसँग माग

फाइल फोटो

विराटनगर : एक हप्ताअघि सङ्खुवासभाको मादीमा भएको बस दुर्घटनामा ज्यान गुमाएका परिवारलाई उचित क्षतिपूर्तिका लागि नेकपा एमाले प्रदेश नं १ कमिटीका अध्यक्ष एवं प्रदेशसभा सदस्य तुलसीप्रसाद न्यौपानेले माग गरेका छन् । 

न्यौपानेले मुख्यमन्त्री राजेन्द्रकुमार राईसँगको भेटमा प्रतिपरिवार रु १० लाख र घाइतेको निःशुल्क उपचारका लागि माग गरे। पीडितको समस्या छिटोभन्दा छिटो सम्बोधन गर्न उनले आग्रह गरे ।

गत बिहीबार भएको बस दुर्घटनामा परी ज्यान गुमाएका १५ जनाका परिवार तथा घाइतेलाई प्रदेश सरकारले राहत उपलब्ध गराउन नसकेको भन्दै एमालेले प्रदेश सरकारको आलोचना गरेको छ । उक्त दुर्घटनामा १४ जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा मृत्यु भएको थियो । घटनामा गम्भीर घाइते चारजना अहिले उपचाररत छन् । रासस