शनिबार २१ असार, २०८२
Saturday, July 05, 2025

ढुंगा लागेर दैलेखमा एक जनाको मृत्यु

फाइल फोटो

दैलेख - दाउरा काट्दै गर्दा भिरबाट खसेको ढुंगो लागेर दैलेखमा एक जनाको ज्यान गएको छ ।

 भगवतीमाई गाउँपालिका(६ वडा कार्यालयका कार्यालय सहयोगी गणेशबहादुर खत्रीको ढुंगो लागेर ज्यान गएको हो । 

बेस्तडा प्रहरी चौकीका अनुसार घर नजिकैको दाडीखोला जंगलमा रुखमा चढेर दाउरा काट्दै गर्दा भिरबाट खसेको ढुंगो टाउकोमा लागेको थियो ।

 घाइते भएका खत्रीलाई उपचारका लागि सदरमुकाम ल्याउँदै गर्दा बाटोमा ज्यान गएको प्रहरीले जनाएको छ ।