१० किलो लागूऔषधसहित एक युवक पक्राउ

जनकपुरधाम- करिब १० किलो लागूऔषध गाँजासहित धनुषा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाको सबैला नगरपालिका-१३ किरतपुर बस्ने ३२ वर्षीय सन्तोष कुमार यादव रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
इप्रका धनुषाबाट गस्ती टोलीमा खटिएका प्रहरी टोलीले चेकजाँचको क्रममा शहिदनगर नगरपालिका-३ यदुकूहा-जनकपुर सडक खण्डबाट यादवलाई पक्राउ गरिएको प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरिक्षक जितेन्द्र बस्नेतले जनाएको छ ।
गस्तीको क्रममा यादवमाथि शंका लागेपछि उनले चढेको मोटरसाइकलको चेकजाँच गर्दा मोटरसाइकल बाँधिएको बोरामा १० किलो गाँजा बरामद भएको उनले बताए । प्रहरीले उनको शरीर खानतलासी गर्दा हाप पाइन्टको बायाँ साइडको खल्तीबाट नगद १ हजारको दरले नोट ३१ थान र ५ सयको दरले नोट २ थान गरी ३२ हजार रुपैयाँसमेत बरामद गरिएको प्रवक्ता बस्नेतले जानकारी दिए ।
लागूऔषधसहित पक्राउ परेका यादवलाई नियनत्रणमा लिई लागूऔषध मुद्दा शीर्षकमा धनुषा जिल्ला अदालतबाट ७ दिनको म्याद थप लिई थप अनसन्धान कार्य अघि बढाइएको जिल्ला प्रहरी कार्यालय उनले जानकारी दिए ।

पानी नपरेपछि वीरगञ्जको गहवामाईमा पर्जन्य यज्ञ !

भूमिहीनहरूलाई जग्गाधनी प्रमाणपुर्जा वितरण

करेन्ट लागेर एक जनाको मृत्यु, दुईको अवस्था गम्भीर

गौशाला नगरपालिकाका ३१ जना प्रधानाध्यापकको राजिनामा

मधेस प्रदेश प्रमुखद्वारा दुई विधेयक प्रमाणीकरण

वारुणयन्त्रबाट वीरगञ्जमा खानेपानी आपूर्ति

रौतहटमा ‘ड्रोन’बाट वनक्षेत्रको निगरानी

प्रतिक्रिया