भरतपुरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

चितवन- चितवनको भरतपुर महानगरपालिका–५ यज्ञपुरी चोकमा बिहीबार राति मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा भरतपुर–१६ का २४ वर्षीय आरजब दराई रहेका छन् ।
दुर्घटनामा गम्भीर घाइते दराईको भरतपुर स्थित कलेज अफ मेडिकल साईन्स अस्पतालमा उपचारको क्रममा राती सवा ११ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
गएराती पौने ११ बजे चितवनकै चौबिसकोटीबाट रामपुरतर्फ जाँदै गरेको बागमती प्रदेश ०६ ००१प ४७८८ नम्बरको मोटरसाईकल अनियन्त्रित भएर पल्टिएको वडा प्रहरी कार्यालय नारायणगढ चितवनले जानकारी दिएको छ ।
भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

प्रदेश सरकारद्वारा विद्यालयलाई बस प्रदान

मल्लकालीन बस्तीका स्ववासीलाई सयौँ वर्षपछि लालपुर्जा वितरण

भक्तपुर–नगरकोट सडकखण्डको १५ किलोमिटर सडक कालोपत्र अन्तिम चरणमा

काभ्रेलाई पूर्णखोप सुनिश्चित जिल्ला घोषणा
नालामा पुल भाँचियो : काठमाडौँ जाने वैकल्पिक सडक अवरुद्ध

बागमती प्रदेशसभामा आगामी आवको बजेटमाथि छलफल प्रारम्भ

प्रतिक्रिया