मकवानपुरमा बस दुर्घटना, दुई जनाको मृत्यु

मकवानपुर- हेटौँडाको मकवानपुरस्थित मनहरीमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत मकवावानपुरको मनहरी गाउँपालिका-६ मा बस दुर्घटना भएको हो ।
हेटौंडाबाट चितवनतर्फ गईरहेको ना ४ ख ४४५४ नंबरको बस आज बिहान ८ बजेर २० मिनेटमा दुर्घटना हुँदा बसमा सवार दुई जनाको मृत्यु भएको मकवानपुर प्रहरीले जानकारी दिएको हो ।
मृत्यु हुनेहरुमा बसका सहचालक नुवाकोट जिल्ला तारकेश्वर गाउँपालिका वडा नंबर ४ घर भएका २२ वर्षीय सुवास श्रेष्ठ र बसमा सवार सोही ठाउँका २९ वर्षीय शम्भु दराई मगर रहेको इलाका प्रहरी कार्यलय मनहरीका प्रहरी निरीक्षक प्रकाश थापाले बताए ।
उक्त दुर्घटनामा परेर अन्य ९ जना घाइते भएका छन् । घाइतेहरुको उद्दार गरी उपचारको लागि चितवनको भरतपुर अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजकुमार सापकोटाले जानकारी दिए ।
उक्त घटनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ । बसमा कति यात्रु थिए भन्ने एकिन विवरण संकलन भईरहेको र दुर्घटनाको कारण हालसम्म नखुलेको मकवानपुर प्रहरीले जनाएको छ ।
भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

प्रदेश सरकारद्वारा विद्यालयलाई बस प्रदान

मल्लकालीन बस्तीका स्ववासीलाई सयौँ वर्षपछि लालपुर्जा वितरण

भक्तपुर–नगरकोट सडकखण्डको १५ किलोमिटर सडक कालोपत्र अन्तिम चरणमा

काभ्रेलाई पूर्णखोप सुनिश्चित जिल्ला घोषणा
नालामा पुल भाँचियो : काठमाडौँ जाने वैकल्पिक सडक अवरुद्ध

बागमती प्रदेशसभामा आगामी आवको बजेटमाथि छलफल प्रारम्भ

प्रतिक्रिया