मंगलबार ०९ बैशाख, २०८२
Tuesday, April 22, 2025

शुक्रबार र शनिबार अनलाइनबाट कर तिर्न समस्या हुने

काठमाडौं : आन्तरिक राजस्व विभागले सञ्चालनमा ल्याएको इन्टिग्रेटेड ट्याक्स सिस्टमको सेवा अवरुद्ध हुने देखिएको छ । आउँदो शुक्रबार बेलुकी ४ बजेदेखि ७ गते शनिबार बेलुकी ५ बजेसम्म सेवा अवरुद्ध हुनसक्ने विभागले जनाएको हो ।

यसअन्तर्गतका करदाता पोर्टल, अफिसर पोर्टल, ई-आईएमएस र एपीआईहरुमा सेवा प्रभावित हुनसक्ने विभागले जानकारी दिएको छ । विभागले सिस्टम अपग्रेड गर्नुपर्ने भएका कारण इन्टिग्रेटेड ट्याक्स सिस्टम अवरुद्ध हुनसक्ने भन्दै सूचना प्रकाशित गरेको छ ।