स्थानीयले फ्यालिदिए वडा अध्यक्षको कुर्सी

मकवानपुर- स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा मकवानपुरको एक वडा अध्यक्षको कुर्सी सेवाग्राहीले सडकमा फालिदिएका छन्। हेटौंडा उपमहानगर –८ को वडा कार्यालयमा तोडफोड गर्दै अध्यक्ष गोपालबहादुर श्रेष्ठको कुर्सी फालिएको हो।
स्थानीय सेवाग्राहीले वडाअध्यक्ष श्रेष्ठ कार्यालयमा नबसेको र सेवाग्राहीलाई पूर्णरुपमा वेवास्ता गरेको आरोप लगाउँदै तोडफोड गरेको प्रहरीले जनाएको छ। ‘स्थानीय युवाहरुले सेवामा पक्षपात भयो भन्ने गुनासो रहेछ, बाँकी विषय बुझ्दै छौं’, इलाका प्रहरी कार्यालय पशुपति नगरका प्रहरी निरीक्षक अनिश अधिकारीले भने।
स्थानीय युवाले अध्यक्षविरुद्ध आन्दोलन गरेसँगै एमाले निकट करिब २० जना युवा प्रतिवादमा उत्रिएको बताईएको छ। वडा अध्यक्ष श्रेष्ठ एमालेबाट निर्वाचित हुन्। लामो समयदेखि उनले सेवा प्रवाहमा पार्टीकरण गरेको आरोप लगाएका छन्। पछिल्लो समय स्थानीय निकायको निर्वाचन नजिकिएसँगै श्रेष्ठ अध्यक्षमा पुन: दोहोर्याउने मनसायले पार्टीको काममा बढि ध्यान दिन थालेको स्थानीयले बताए छन्।
भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

प्रदेश सरकारद्वारा विद्यालयलाई बस प्रदान

मल्लकालीन बस्तीका स्ववासीलाई सयौँ वर्षपछि लालपुर्जा वितरण

भक्तपुर–नगरकोट सडकखण्डको १५ किलोमिटर सडक कालोपत्र अन्तिम चरणमा

काभ्रेलाई पूर्णखोप सुनिश्चित जिल्ला घोषणा
नालामा पुल भाँचियो : काठमाडौँ जाने वैकल्पिक सडक अवरुद्ध

बागमती प्रदेशसभामा आगामी आवको बजेटमाथि छलफल प्रारम्भ

प्रतिक्रिया